
सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए) पश्चिम अस्ट्रेलियाको आयोजनामा पर्थमा नेपाल फेस्टिभल सम्पन्न भएको छ ।
शनिबार सुप्रिम कोर्ट गार्डेन पर्थमा आयोजित नेपाल फेस्टिभल पर्थ विभिन्न झाँकी, र्याली र सांस्कृतिक कार्यक्रमहरूसहित भव्य रुपमा सम्पन्न भएको हो । फेस्टिभल अस्ट्रे लियाका बहुसांस्कृतिक मन्त्री टोनी बुटी र एनआरएनए अध्यक्ष डा. बद्री केसीले उद्घाटन गर्नुभएको थियो । आयोजकले नेपाल फेस्टिभल पर्थमा करिब १० हजार जना उपस्थिति रहेको दाबी गरेको छ । फेस्टिबलमा ३८ वटा स्टल थिए ।
एनआरएनए अध्यक्ष केसीले गैर आवासीय नेपाली नागरिकताको निरन्तरता र अधिकारसहितको नागरिकताको लागि लबिङ गरिरहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रम विभिन्न देशमा भैरहेको खुसी व्यक्त गर्दै नेपाल बाहिर नेपाल चिनाउने यस्ता कार्यक्रम सार्थक हुने विश्वास व्यक्त गर्नुभयो ।

यस्ता कार्यक्रमले नेपाली पहिचानलाई अस्ट्रेलियामा चिनाउन सजिलो भएको भन्दै आयोजकले नयाँ पुस्ताले पनि नेपाल चिन्ने मौका पाएको बतायो ।
फेस्टिबलमा सहभागिताका लागि शुक्रबार नै एनआरएनए अध्यक्ष डा. बद्री केसी, महिला उपाध्यक्ष रोजिना प्रधान राई, सचिव टिका गुरुङलगायत अष्ट्रेलियामै रहेका आईसीसी उपाध्यक्ष विनोद श्रेष्ठ, सचिव डा. ज्ञानेन्द्र रेग्मी, ओसियाना क्षेत्रीय संयोजक दिनेश पोखरेल, एनआरएनए एनसीसी अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनआरएनए विधान संशोधन समितिका संयोजक भवानी ओलीलगायत एनआरएनए अष्ट्रेलियाका राज्यका प्रतिनिधिहरुको पनि उपस्थिति थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा