
काठमाडौं । नेपालको बागलुङमा जिप दुर्घटना हुँदा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरसहित तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको गलकोट नगरपालिका–२ भुङ्खानीमा शुक्रबार बिहान रा १ झ २०० नम्बरको पिकअप दुर्घटना भएको हो । दुर्घटनामा मृत्युभएकाको सनाखत भइसकेको छैन ।एक जना घाइते भएका छन् ।
बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोटतर्फ गइरहेको जिप आज बिहान दुर्घटना भएको हुँदा २ महिला र १ पुरुषको ज्यान गएको हो । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ ।
उक्त गाडी काठमाडौंदेखि रुकुम पूर्व जाँदै गरेको खुलेको छ । घटनास्थलबाट एकजनालाई जीवितै उद्धार गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते