
लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले आगामी ६ अक्टोबर २०२४ मा ‘रसमुर वेलेस्ली’ दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
जीआरएनसीको ८ सेप्टेम्बरमा अल्डरसटस्थित दि लन्ज रेस्टुरेन्टमा बसेको बैठकले रसमुर वेलेस्ली १० किलोमिटर र २ किलोमिटर दौड प्रतियोगिता गर्ने निर्णय गरेको अध्यक्ष मान गुरुङले जानकारी दिनुभएको छ । उहाँले ५ किलोमिटर गोर्खा भीसी दौडको विषयमा भने पछि मिति तय हुने छ ।
अल्डरसटस्थित मिलिटरी एथ्लेटिक्स स्टेडियममा हुने दौड प्रतियोगितासँगै फन रनसमेत समावेश गरिनेछ । बैठकले गोर्खा भीसी दौड तयारीका लागि उपाध्यक्ष डा. विशाल गुरुङलाई संयोजकको जिम्मेवारी दिएको छ । मार्सल संयोजक उपाध्यक्षद्वय उत्तरबहादुर गुरुङ र जित मेन्याङ्बोलाई तोकिएको छ । विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
रसमुर वेलेस्ली १० किलोमिटर र २ किलोमिटर दौड जीआरएनसी र ब्ल्याक वाटर भ्याली रनको सहकार्यमा हुन लागको हो ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन