
लन्डन । पहिचान पुरस्कार कोषले २०८० को लागि उत्कृष्ट ८ वटा पुस्तकहरु छनोट गरेको छ । जसमा उत्कृष्ट छनोट गरिएका पुस्तकहरु सिलीदुङः गीलु रातोस, गोपीचाः विश्व कुइँकेल, आगोको पिदारः मिथोच, ओ पेङ्दोर्जेः राजु स्याङ्तान, चिया गफः प्रविण खालिङ (भारत), सपनाहरुको बहीः अभागी थेगुवा, मुन्दुम ट्रेलः श्याम सामसोहाङ राई, त्यसरी त कहिल्यै सोचिएनः निर्भीकजंग रायामाझी रहेको छ ।
यसभन्दा अगाडि ११ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ भने पहिचान सम्मानबाट लेखक तथा राजनीतिक विश्लेशक खगेन्द्र संग्रौला सम्मानित भएको छ ।
राजन मुकारुङको निबन्धसंग्रह ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको कवितासंग्रह ‘गोयङको सुगन्ध’, यज्ञशको कथासंग्रह ‘भुइया’, सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’ र उन्मुक्त पुस्ताको कवितासंग्रह ‘आफर’लाई संयुक्त प्रदान गरेको छ ।
त्यसैगरी श्याम शाहको कथासंग्रह पथेर र अनन्त वाग्लेको उपन्यास कदम, अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्वारा सङ्कलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ त्यसैगरी प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ र प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट (नयाँ सडकको कथा)’ लाई संयुक्त रुपमा पुरस्कार प्रदान गरिसकेको छ ।
पुरस्कार राशि ४ लाख २ हजार २ रुपैयाँ रहेको छ ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन