
लन्डन । सहारा क्लब अस्ट्रेलियाका अध्यक्ष राजमान थकालीको ५० वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि फोक्सोको रोगबाट पीडित थकालीको शनिबार निधन भएको सहारा क्लब पोखराका पूर्वअध्यक्ष विक्रम थकालीले जानकारी गराउनु भएको छ । उहाँका अनुसार राजमाननको अस्ट्रेलियामै नेपाली समयअनुसार शनिबार साँझ साढे ५ बजे निधन भएको हो ।
राजमानका श्रीमती र २ जना छोराहरु हुनुहुन्छ । उहाँको नेपालमा पोखरा ८, नागढुंगामा घर छ । पोखराको सभागृहचोकस्थित मुग्लान रेष्टुरेष्ट तथा पोखरामै संचालित मिमाअस कन्सल्टेन्सीका संचालक राजमान लामो समयदेखि अस्ट्रेलियामै बसोबास गर्दै आएका थिए ।
फुटबल खेलमा अभिरुची राख्ने उनी सहाराले अस्ट्रेलियामा विस्तार गरेको आफ्नो शाखामा उनी संस्थापक अध्यक्ष भइ सेवा गर्दै आउनुभएको थियो ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह