
लन्डन । बेलायतमा सम्पन्न पीपल नेपालकप क्रिकेट प्रतियोगिताको सातौं संस्करणको उपाधि माया क्रिकेट क्लबले उचालेको छ ।
पोखरेली मञ्च यूकेको आयोजनमा रेडिङको सोनिङ लेनस्थित रेडिङ क्रिकेट क्लब एण्ड हक्की क्लबको मैदानमा सोमबार भएको फाइनलमा हिमालयन क्रिकेट क्लबलाई ६ विवेटले हराउँदै मायाले उपाधि जितेको हो । विजेता मायाले उपाधिसँगै १५ सय पाउण्ड नगद र ट्रफी प्राप्त गर्यो । उपविजेता हिमालयनले ८ सय पाउण्ड नगद पुरस्कार पाएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको म्यान अफ द सिरिजका रुपमा दिनेश खरेलले २ सय पाउण्ड नगद र ट्रफी पाउनुभयो । सर्वाधिक रन बनाउनुहुने एशरे मल्ल र सर्वाधिक विकेट हासिल गर्ने मनी गुरुङले पनि १ सय ५० पाउण्ड नगद र ट्रफी प्राप्त गर्नुभयो । विजेता टीम तथा खेलाडीलाई आयोजक पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङ, टाइटल स्पोन्सर पीपल मोर्गेजका निर्देशक सूर्य गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
सातौं पीपल नेपालकप क्रिकेटमा इभेन्ट संयोजक आयोजक मञ्चका उपाध्यक्ष पवित्र गुरुङ तथा क्रिकेट संयोजक मञ्चका स्पोर्ट्स कोअर्डिनेटर प्रकाश गुरुङ हुनुहुन्थ्यो भने प्रतियोगिताको टाइटल स्पोन्सर पीपल मोर्गेजेज हो ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि