
लन्डन । बेलायतमा सम्पन्न पीपल नेपालकप क्रिकेट प्रतियोगिताको सातौं संस्करणको उपाधि माया क्रिकेट क्लबले उचालेको छ ।
पोखरेली मञ्च यूकेको आयोजनमा रेडिङको सोनिङ लेनस्थित रेडिङ क्रिकेट क्लब एण्ड हक्की क्लबको मैदानमा सोमबार भएको फाइनलमा हिमालयन क्रिकेट क्लबलाई ६ विवेटले हराउँदै मायाले उपाधि जितेको हो । विजेता मायाले उपाधिसँगै १५ सय पाउण्ड नगद र ट्रफी प्राप्त गर्यो । उपविजेता हिमालयनले ८ सय पाउण्ड नगद पुरस्कार पाएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको म्यान अफ द सिरिजका रुपमा दिनेश खरेलले २ सय पाउण्ड नगद र ट्रफी पाउनुभयो । सर्वाधिक रन बनाउनुहुने एशरे मल्ल र सर्वाधिक विकेट हासिल गर्ने मनी गुरुङले पनि १ सय ५० पाउण्ड नगद र ट्रफी प्राप्त गर्नुभयो । विजेता टीम तथा खेलाडीलाई आयोजक पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङ, टाइटल स्पोन्सर पीपल मोर्गेजका निर्देशक सूर्य गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
सातौं पीपल नेपालकप क्रिकेटमा इभेन्ट संयोजक आयोजक मञ्चका उपाध्यक्ष पवित्र गुरुङ तथा क्रिकेट संयोजक मञ्चका स्पोर्ट्स कोअर्डिनेटर प्रकाश गुरुङ हुनुहुन्थ्यो भने प्रतियोगिताको टाइटल स्पोन्सर पीपल मोर्गेजेज हो ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु