
न्यूयोर्क । नेपालकै चर्चित लोक रक समूह नेपथ्यले न्यूयोर्कको म्यानह्याटनस्थित टर्मिनल अगस्ट ३० मा टर्मिनल फाइभ तताउँदै छ । आयोजकले पत्रकार सम्मेलन गरी नेपथ्यको ऐतिहासिक साँझको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ । आयोजकका अनुसार कार्यक्रमको टिकटसमेत करिब ७० प्रतिशत बिक्री भइसकेको छ ।
आयोजक याक प्रोडक्सन, डिजे रित र इसेन्स स्माइल्सले तीन हजार दर्शक अटाउने क्षमता भएको टर्मिनल फाइभमा नेपथ्यको सांगीतिक कार्यक्रम गर्न लागेको हो । आयोजकले शतप्रतिशत टिकट बिक्री हुने विश्वास लिएको छ । साथै कार्यक्रम नजिकिँदै गर्दा टिकट अभाव हुन सक्ने अनुमान गरिएको छ।
‘परिवारका सबै सदस्यले मनोरञ्जन लिन सकुन् भनेर १६ वर्ष मुनिकालाई फ्री इन्ट्रीको व्यवस्था गरेका छौँ,’ इसेन्स स्माइल्सकी डा. सुलोचना गुरुङले भन्नुभयो, ‘तपाईँहरूले आफूसँग १६ वर्ष मुनिका परिवारका सदस्य लिएर आउन सक्नुहुन्छ र परिवारसँगै मनोरञ्जन गर्नसक्नु हुनेछ ।’
याक प्रोडक्शनकी छोमो डसेलले नेपथ्यजस्तो ‘लिजेन्डरी ब्याण्ड’ लाई टर्मिनल फाइभ जस्तो ठुलो ‘भेन्यू’ मा प्रस्तुत गर्न पाउँदा गर्न गर्व लागेको बताउनुभयो । नेपथ्यलाई न्यूयोर्कमा प्रस्तुत गर्न पाउँदा आफूलाई एकदमै खुशी र गर्व लागेका बताउँदै कार्यक्रममा उपस्थित भई नेपाली संगीतलाई माया गरिदनु अनुरोध गर्नुभयो ।
टिकटका लागि आयोजकले बनाएको ब्रोसरमा रहेको क्युआर कोड स्क्यान वा गुगल सर्च गर्नु पर्ने छ । साथै, टर्मिनल फाइभको वेबसाइट वा गुगल सर्च गर्दा पनि टिकट खरिदको लिङ्क सजिलै भेटिन्छ । टर्मिनल फाइभमा साँझ ठीक ९ बजे नेपथ्यले प्रस्तुति सुरु गर्ने आयोजकले बताएका छन् । कार्यक्रमस्थलमा नेपाली खानाको स्टलसमेत हुने छ ।
आयोजकले कार्यक्रममा मदिराजन्य पदार्थ राख्ने छैन, तर टर्मिनल फाइभ ब्यबस्थापनको बार भने खुला रहने छ । नेपथ्यले लोक संगफतलाई रक शैलीमा गाएर नेपाली संगितलाई अन्तर्राष्ट्रियकरण गर्न ठूलो भूमिका खेलेको छ । बन्दको समयमा शान्तिका लागि शिक्षा अभियान लिएर गाउँ गाउँमा पुगेको थियो ।
कार्यक्रमलाई सफल बनाउनका लागि नेपाली गीत संगीतप्रमी तथा शुभेक्षुकहरुलाई कार्यक्रममा आएर सहयोग गरीदिन आयोजकले अनुरोध गरेको छ । नेपाली स्रोता र दर्शकहरुबीच नेपथ्यले नयाँ र सर्वकालिक हिट गीतहरु प्रस्तुत गर्ने छ । म्युजिकल टुरमा अमेरिकामा रहेको नेपथ्य समूहले ३ वटा सहरमा आफ्नो प्रस्तुति दिइसकेको छ । म्युजिकल टुर अगस्ट ३ बाट कोलोराडो बोल्डर थियटरबाट सुरु भएको थियो । नेपथ्यले सान फ्रान्सिस्कोको द वारफिल्ड, ओहायोको केम्बा लाइभ मा प्रस्तुति दिइसकेको छ ।
दर्शकको भावनालाई बुझेर स्टेजमा प्रस्तुति दिने साथै नाच्न र नचाउन माहिर समूह नेपथ्यले बेलायतको वेम्ब्ली स्टेडियम लगायत विदेशका ६५ तथा स्वदेशमा ५० बढी स्थानमा कन्सर्ट गरिसकेको छ ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी