
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता व्यवहारिक नभएको भन्दै कानुन तथा नियमावली संशोधन गर्न आग्रह गरेको छ ।
अध्यक्ष डा. बद्री केसीको नेतृत्वको टोलीले मंगलबार गृहमन्त्री रमेश लेखकसँग भेट गर्दै उक्त आग्रह गरेको हो । ‘गैर आवासीय नेपाली नागरिकताका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार व्यवहारमा प्रयोगको लागि नेपालको विद्यमान कानुनमा रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका उपायहरु तथा तत्कालै अध्यागमन, मालपोत, बैंक तथा अन्य व्यवहारिक ठाउँका समस्या तुरुन्त समाधानका लागि माननीय गृहमन्त्री रमेश लेखक तथा कानुनविद् वरिष्ठ अधिवक्ता एवं तत्कालीन संविधानसभाका सदस्यहरु राधेश्याम अधिकारी, अग्नी खरेल, खिमलाल देवकोटा एवं रामनारायण बीडारीसँग आज बृहत् छलफल सम्पन्न भयो,’ अध्यक्ष डा.केसीले भन्नुभयो, ‘माननीय गृहमन्त्रीज्यूसमक्ष संस्थाको लिखित धारणासहित पेश गरियो ।’
छलफलमा एनआरएनएका पदाधिकारी तथा अन्य सरोकारवालाको उपस्थिति थियो ।
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र