
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता व्यवहारिक नभएको भन्दै कानुन तथा नियमावली संशोधन गर्न आग्रह गरेको छ ।
अध्यक्ष डा. बद्री केसीको नेतृत्वको टोलीले मंगलबार गृहमन्त्री रमेश लेखकसँग भेट गर्दै उक्त आग्रह गरेको हो । ‘गैर आवासीय नेपाली नागरिकताका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार व्यवहारमा प्रयोगको लागि नेपालको विद्यमान कानुनमा रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका उपायहरु तथा तत्कालै अध्यागमन, मालपोत, बैंक तथा अन्य व्यवहारिक ठाउँका समस्या तुरुन्त समाधानका लागि माननीय गृहमन्त्री रमेश लेखक तथा कानुनविद् वरिष्ठ अधिवक्ता एवं तत्कालीन संविधानसभाका सदस्यहरु राधेश्याम अधिकारी, अग्नी खरेल, खिमलाल देवकोटा एवं रामनारायण बीडारीसँग आज बृहत् छलफल सम्पन्न भयो,’ अध्यक्ष डा.केसीले भन्नुभयो, ‘माननीय गृहमन्त्रीज्यूसमक्ष संस्थाको लिखित धारणासहित पेश गरियो ।’
छलफलमा एनआरएनएका पदाधिकारी तथा अन्य सरोकारवालाको उपस्थिति थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा