
ललितपुर । नेपालका पूर्वधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गर्नुभएको छ ।
शुक्रबार बिहान खुमलटारमा भएको भेटमा राजदूत रोबले नेपालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट टुंगोमा पुर्याएकोमा खुसी व्यक्त गर्दै यसको कार्यान्वयनका निम्ति बेलायत सरकारको पूर्ण सहयोग रहने बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटमा अध्यक्ष प्रचण्डले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको बताउँदै पीडितमैत्री न्याय, परिपुरण र सम्मानका लागि आवश्यक पर्ने क्षेत्रमा बेलायत सरकारको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले आफू सरकारको नेतृत्वमा रहँदा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन पहल लिएको बताउँदै विधेयक निष्कर्षमा पुग्दा त्यसले विश्वशान्तिका निम्तिसमेत योगदान पुग्ने बताउनुभयो । उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न विशेष पहल लिएको स्मरण गर्दै जलवायु न्याय लगायतका क्षेत्रमा नेपालले नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले गोर्खाजहरूले उठाउँदै आएका सवालहरू बेलायती सरकारबाट सम्बोधन हुने विश्वाससमेत व्यक्त गर्नुभयो । भेटमा राजदूत फेनले अध्यक्ष प्रचण्डको बलमा शान्ति प्रक्रियाले पूर्णता पाएकोमा बधाइ दिँदै नेपालका लागि आवश्यक सहयोगमा बेलायतको सधै सहयोग रहने बताउनुभयो ।
फेनले बेलायती नागरिकहरूमा नेपाली उत्पादनप्रति रूची बढेको बताउँदै पारस्परिक सहयोग र व्यापारमा समेत साझेदारी बढाउन सकिने बताउनुभयो । उहाँले प्रचण्डको कार्यकालमा लगानीअनुकूल कानुन संशोधन र लगानी सम्मेलन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै नेपालमा वैदेशिक लगानी भित्राउन आफ्नो योगदान रहने बताउनुभयो ।
राजदुत फेनले बेलायती प्रधानमन्त्रीको तर्फबाट उहाँको नयाँ कार्यकालको लागि प्रेषित बधाई सन्देशको लागि धन्यवादसहितको प्रेसित पत्र अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गर्नु भयो ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु