
जापान । जापानले एक हप्ता देखि लागु गरेको शक्तिशाली भूकम्प (मेगाक्वेक) आउनसक्ने चेतावनी बिहीबार हटाएको छ । ‘मेगाक्वेक’ ले हुने मानविय तथा भौतिक क्षतिको खतराको जोखिम समाप्त भएसँगै सरकारले चेतावनी हटाई मानिसहरूलाई सामान्य अवस्थामा फर्कन आग्रह गरेको छ ।
करीव १२५ मिलियन मानिसहरूको बसोबास रहेको जापानमा शक्तिशाली भूकम्प र यसले विपत्ती आउन सक्ने भनि जारी सतर्कताले हजारौँ मानिसहरूलार्ई आवश्यक वस्तुहरू भण्डारण गर्न तथा विशेष व्यवस्था गर्न प्ररित गरेको थियो । हाल भूकम्पीय गतिविधि र प्रभावको कुनै शङ्कास्पद अवस्था देखा नपरेकाले भुकम्पीय चेतावनी साँझ पाँच बजेबाट लागु हुने गरी अन्त्य भएको विपद् व्यवस्थापन मन्त्री योसिफुमी मात्सुमुराले बताउनुभयो ।
जापानको मौसम निकायले गत बिहीबार, ७.१ म्याग्निच्युडको भूकम्पीय झट्कापछि ठूलो भूकम्पको सम्भावना ‘सामान्य भन्दा बढी’ भएको जनाएको थियो ।
त्यो एक विशेष प्रकारको सम्भावित कम्पन थियो जसलाई ‘सबडक्सन मेगाथ्रस्ट’ भूकम्प भनिन्छ, जसले ठुलो सुनामी निम्त्याउन सक्छ । यो भूकम्पको सम्भावना प्रशान्त महासागर क्षेत्रमा रहेका दुई टेक्टोनिक प्लेटहरू बिचको ‘नानकाई थ्रोग’सँग सम्बन्धित छ । यो करीब ८०० किलोमिटर लामो सामुद्रिक च्यानल र जापानको प्रशान्त तटसँग समानान्तर रूपमा चल्छ ।
सन् १७०७ मा, नानकाई गर्तका सबै खण्डहरू एकैचोटि फुट्दा भूकम्प निम्त्याएको भूकम्प दोस्रो–शक्तिशाली रहेको थियो । उक्त भूकम्पले माउन्ट फुजीको अन्तिम विस्फोट पनि निम्त्याएको थियो ।
जापानी सरकारले यसअघि नै नानकाई गर्तमा ८.९ म्याग्निच्युडको भूकम्प आउन सक्ने सम्भावना रहेको बताएको थियो । विज्ञहरूले यस्तो खराब अवस्थामा तीनलाख जनजीवन गुम्न सक्ने अनुमान गरेका थिए भने केही ईन्जिनियरहरूले क्षति १३ ट्रिलियन सम्म पुग्न सक्ने जनाएका थिए । यद्यपि, विज्ञहरूले जोखिम अझै कम रहेको बताएका छन् भने कृषि तथा मत्स्यपालन मन्त्रालयले शनिबार मानिसहरूलाई अत्यधिक भण्डारण गरिएका सामानहरूबाट टाढा रहन आग्रह गरेको छ ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह