
जापान । जापानले एक हप्ता देखि लागु गरेको शक्तिशाली भूकम्प (मेगाक्वेक) आउनसक्ने चेतावनी बिहीबार हटाएको छ । ‘मेगाक्वेक’ ले हुने मानविय तथा भौतिक क्षतिको खतराको जोखिम समाप्त भएसँगै सरकारले चेतावनी हटाई मानिसहरूलाई सामान्य अवस्थामा फर्कन आग्रह गरेको छ ।
करीव १२५ मिलियन मानिसहरूको बसोबास रहेको जापानमा शक्तिशाली भूकम्प र यसले विपत्ती आउन सक्ने भनि जारी सतर्कताले हजारौँ मानिसहरूलार्ई आवश्यक वस्तुहरू भण्डारण गर्न तथा विशेष व्यवस्था गर्न प्ररित गरेको थियो । हाल भूकम्पीय गतिविधि र प्रभावको कुनै शङ्कास्पद अवस्था देखा नपरेकाले भुकम्पीय चेतावनी साँझ पाँच बजेबाट लागु हुने गरी अन्त्य भएको विपद् व्यवस्थापन मन्त्री योसिफुमी मात्सुमुराले बताउनुभयो ।
जापानको मौसम निकायले गत बिहीबार, ७.१ म्याग्निच्युडको भूकम्पीय झट्कापछि ठूलो भूकम्पको सम्भावना ‘सामान्य भन्दा बढी’ भएको जनाएको थियो ।
त्यो एक विशेष प्रकारको सम्भावित कम्पन थियो जसलाई ‘सबडक्सन मेगाथ्रस्ट’ भूकम्प भनिन्छ, जसले ठुलो सुनामी निम्त्याउन सक्छ । यो भूकम्पको सम्भावना प्रशान्त महासागर क्षेत्रमा रहेका दुई टेक्टोनिक प्लेटहरू बिचको ‘नानकाई थ्रोग’सँग सम्बन्धित छ । यो करीब ८०० किलोमिटर लामो सामुद्रिक च्यानल र जापानको प्रशान्त तटसँग समानान्तर रूपमा चल्छ ।
सन् १७०७ मा, नानकाई गर्तका सबै खण्डहरू एकैचोटि फुट्दा भूकम्प निम्त्याएको भूकम्प दोस्रो–शक्तिशाली रहेको थियो । उक्त भूकम्पले माउन्ट फुजीको अन्तिम विस्फोट पनि निम्त्याएको थियो ।
जापानी सरकारले यसअघि नै नानकाई गर्तमा ८.९ म्याग्निच्युडको भूकम्प आउन सक्ने सम्भावना रहेको बताएको थियो । विज्ञहरूले यस्तो खराब अवस्थामा तीनलाख जनजीवन गुम्न सक्ने अनुमान गरेका थिए भने केही ईन्जिनियरहरूले क्षति १३ ट्रिलियन सम्म पुग्न सक्ने जनाएका थिए । यद्यपि, विज्ञहरूले जोखिम अझै कम रहेको बताएका छन् भने कृषि तथा मत्स्यपालन मन्त्रालयले शनिबार मानिसहरूलाई अत्यधिक भण्डारण गरिएका सामानहरूबाट टाढा रहन आग्रह गरेको छ ।
 पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप