
लन्डन । पर्वत समाज युकेले विपन्न तथा जेहान्दार डेढ सयभन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक साम्रगी सहयोग गरेको छ ।
पर्वतको विहादी गाउँपालिकाका विद्यालयका १ सय १५ जना, जलजला गाउँपालिकाको फर्से धाइरिङ मावि, कृष्णभवन धर्म मावि, शालिजा मावि र ग्रामप्रकाश मावि लेखफाँटका ४४ जना विद्यार्थीलाई स्टेशनरी, पोसाक, झोला वितरण गरिएको अन्तर्राष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष एवम् पर्वत समाज यूकेका भूपू अध्यक्ष दधि आचार्यले जानकारी दिनुभएको छ । ‘विद्यालयले छनौट गरेका विद्यार्थीलाई वितरण गरिएको हो, हामीले आगामी दिनमा पनि रचनात्मक कार्यहरुलाई निरन्तरता दिनेछौं,’ आचार्यले भन्नुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रेखा गुरुङ, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, बिहादी गाउँपालिका अध्यक्ष परबिन गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
पर्वत समाज यूकेका पूर्वअध्यक्ष आचार्यले व्यापार, रोजगारी र विभिन्न पेसाका क्रममा बेलायतमा रहेका पर्वतवासीले जन्मभूमिमा आवश्यक परेका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।
सन् २००३ मा स्थापना भएको संस्थामार्फत दृष्टिविहीन विद्यार्थीलाई अक्षय कोषसहित शिक्षा, स्वास्थ्य, बाढीपहिरोबाट विस्थापितलगायत विभिन्न क्षेत्रमा सहयोग गरेको समाजकी अध्यक्ष अप्सरा गुरुङको भनाइ छ ।
पर्वत समाज यूकेले पर्वतको शिक्षाका लागि गत असारमा आयोजना गरेको च्यारिटी कार्यक्रममा संकलन गरेको करिब २० लाख रुपैयाँबाट ती विद्यालयहरुलाई शैक्षिक सामग्री प्रदान गरेको प्रस्ट्याएको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा