
काठमाडौं । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को रजत वर्षको अवसरमा पत्रकारहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ ।
आइतबार काठमाडौंमा आयोजित समारोहमा फोनिज राष्ट्रिय पत्रकारिता सम्मान-२०८१ बाट विजयराज तुलाधर, पुष्पहरि क्याम्पा राई र लौव अग्रासन (थारु) पुरस्कृत हुनुभएक हो । त्यस्तै फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सटेन्द्र जबेगु, विष्णु तामाङ र खिमा गुरुङलाई सम्मान गरिएको छ ।
फोनिज मलेसिया सम्मान २०८१ बाट रेखीराम रानामगर र पुनम महतो चौधरीलाई पुरस्कृत गरिएको छ ।
फोनिज राष्ट्रिय पत्रकारिता सम्मानमा नगद राशी पुरस्कार रु. २५,०००।– (पच्चिस हजार) र फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारमा नगद राशि रु. २०,०००।– (बीस हजार) रहेको छ ।
फोनिजले आफ्नो स्थापना दिवस (साउन २७)मा हरेक वर्ष सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्ष फोनिज स्थापनाको २५ वर्ष पूरा गरी २६ वर्ष प्रवेश गरेको अवसरमा स्थापना दिवस तथा रजत वर्ष समारोहमा पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।
समारोहमा सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानको व्यवस्थालाई आदिवासी जनजातीले प्रयोग गर्न नजानेको बताउनुभयो । कतिपय स्थानमा विशेषाधिकार दिएको भन्दै उनले प्रयोग गर्न आग्रह गर्नुभयो ।अन्य मुलुकको तुलनामा नेपालका आदिवासी जनजातीले अग्राधिकार पाएको भन्दै यसलाई सदुपयोग गर्न पनि उहाँले आग्रह गर्नुुुभयो ।
फोनिजका अध्यक्ष गजुरधन राईले संविधानले नै समावेशी सिद्धान्त अंगीकार गरे पनि आदिवासी जनजाती समुदायका पत्रकारले अझै संघर्ष गर्नुपरेको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार
‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनका लागि बेलायत र फ्रान्सले पहल गर्ने