लन्डन । बेलायतवासी नेपाली खेलाडी सन्तोष राईले नेपालको प्रतिनिधित्व गर्दै वर्ल्ड च्याम्पियनसिप लङडिस्टेन्सवर्ल्ड ट्रायथलनमा प्रतिस्पर्धा गर्नुहुने भएको छ ।
अस्ट्रेलियाको नर्थ क्विन्सल्यान्डस्थित टाउन्स भेलमा अगस्ट २५ मा हुने वर्ल्ड च्याम्पियनसिपको एलिट विधामा सन्तोष र अमेरिका बोस्टनका सन्तोष कर्माचार्यले प्रतिस्पर्धा गर्न लाग्नुभएको हो ।

नेपाल ट्रायथलन संघले उक्त प्रतिस्पर्धामा पहिलो पटक नेपालको प्रतिनिधित्व गराउन उहाँहरूलाई छनोट गरेको जनाएको छ ।
ट्रायथलन प्रतियोगितामा ३ किमि पौडी, ११४ किमि साइक्लिङ र ३० किमि रनिङ हुनेछ । अस्ट्रेलिया जानुअघि सन्तोष राईले नेपाललाई प्रतिनिधित्व गर्दै भाग पाउँदा गर्व लागेको बताउनुभयो ।
वर्ल्ड ट्रायथलन च्याम्पियनसीपमा विश्वका ४० बढी देशका ३ हजार प्रतियोगी सहभागी हुँदै छन् ।सन् २००९ देखि दौड्न थाल्नुभएका राईले लन्डन, बर्लिन, न्यूयोर्क, सिकागो, बोस्टन, टोकियो जस्ता विश्वका ६ वटा फुल म्याराथन पूरा गर्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ । दुई वर्षमा ती विश्वप्रसिद्ध म्याराथन सम्पन्न गर्नुभएको उहाँ नेपाल रन यूकेका संस्थापक हुनुहुन्छ ।
नेपाल रन यूके अहिले नेपाल र बेलायतका नेपाली खेलाडीलाई आर्थिक सहयोग प्रदान गर्न र खेल विकासमा क्रियाशील छ ।
धरान १० के रनका परिकल्पनाकार राई इंग्ल्यान्ड एथलेटिक्स र नर्थ वेस्ट रिजनल काउन्सिलको आयोजनामा सेप्टेम्बर २७ मा हुने नर्थ वेस्ट रिजनल भोलिन्टियर अवार्डमा वेस्ट कोच अफ द इयरका लागि मनोनीत हुनुभएको छ । सन्तोषलाई एनबीसी यूके र एनआरएनए यूकेले आर्थिक सहयोग गरेको छ ।
एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङले सन्तोषको मिहिनेत र खेल लगावबाट आफू प्रभावित हुनुका साथै देशलाई चिनाउन जान लागेकाले संस्थागत प्रायोजन गरिएको जनाउनुभयो ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण