
काठमाडौँ । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी ३० औं विश्व आदिवासी दिवस मनाइएको छ ।
दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजाति संघसंस्थाहरूले शुक्रबार ९ अगस्टमा संयुक्त रूपमा काठमाडौँमा सांस्कृतिक भेषभूषा, बाजागाजासहितको र्याली निकालेका थिए । काठमाडौँको भृकुटीमण्डपबाट सुरु भएको र्याली विभिन्न स्थानको परिक्रमा गर्दै प्रज्ञाभवन कमलादीमा पुगेर सभामा परिणत भएको थियो ।
‘नेपाल आदिवासी जनजाति महासंघले यो वर्ष संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर’ भन्ने मूल नारासहित दिवस मनाएको हो ।

संयुक्त राष्ट्रसङ्घले भने स्वैच्छिक रूपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ ।
प्रत्येक वर्षको ९ अगस्टमा विश्व आदिवासी दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् १९९४ मा विश्व आदिवासी दिवस मनाउने घोषणा गरेपछि संसारभरमा आदिवासी जनजातिले यो दिवस मनाउँदै आएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभाले आदिवासी जनजातिको आधारभूत मानवअधिकार संरक्षण र सम्वर्द्धनका लागि सन् १९९५ देखि २००४ सम्म प्रथम आदिवासी दशक मनाउने निर्णयसमेत गरेको थियो ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान