
लन्डन । बेलायतमा भएको पहिलो एनआरएनए कप फुटबल प्रतियोगितामा बेजिङस्टोक युथ नेपलिज कम्युनिटी (बीवाईएनसी) च्याम्पियन बनेको छ ।
एनआरएनए यूकेले शनिबार लन्डन ब्रोवेल्स लेन फेल्थाममा आयोजना गरेको पहिलो एनआरएनए कपमा बीवाईएनसीले उपाधिसँगै दुई हजार पाउण्ड नगद र मेडल्स् प्राप्त गरेको छ । रनरअप भएको प्लमस्टिड गनर्सले एकहजार पाउण्ड नगद र मेडल्स् प्राप्त गरेको छ । उता, भेट्रान वीनर बन्यो ड्याडीज एफसी । उसले एक हजार पाउण्ड नगद र मेडल्स् प्राप्त गर्यो भने भेट्रान रनर अप भएको इन्टेक ०४ ले ५ सय पाउण्ड नगद र मेडल्स् पायो ।
नन भेट्रानतर्फ ७ गोल गरि हाइऐस्ट स्कोरर केल्भिन भए भने वेष्ट प्लेयर विशाल तामाङ । त्यसैगरि, भेट्रानतर्फ हाइऐस्ट स्कोरर कविर गुरुङ र वेष्ट प्लेयर खुम गुरुङ भए ।
प्रमुख अतिथी अल्डरसट क्षेत्रकी सांसद एलेक्स बेकर, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए यूके संस्थापक अध्यक्ष महन्त श्रेष्ठ, प्लेटिनम प्रायोजक सी ५३ का निर्देशक अजय ठकुरी, प्रमुख संरक्षक डेभिड गुरुङ, प्रमुख सल्लाहकार डा. भीम पुन, एनआरएनए आइसीसी सदस्यहरु कुमार थापा, रिचर्ड गुरुङ लगायतले विजेता टिम र खेलाडीलाई पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा नन भेट्रान २४ र भेट्रान १६ गरि कुल ४० टिमले प्रतिष्पर्धा गरेका थिए । बेलायतका नेपाली युवाको प्रतिभा उजागर गर्दै ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने उद्देश्यसहित ‘९ ए साइड’ एनआरएनए कप फुटबल प्रतियोगिता गरिएको एनआरएनए युकेका अध्यक्ष गाहामगर बताए ।
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि