
काठमाडौँ । नेपालका प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को संख्या २५ सदस्यीय भएको छ ।
नेपाली कांग्रेसबाट रुपा बिक र पूर्णबहादुर तामाङ तथा नागरिक उन्मुक्ति पार्टीबाट अरूण चौधरीसहित तीन राज्यमन्त्री शुक्रबार थपिनु भएसँगै ओली सरकार २५ सदस्यीय बनेको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार तीन राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली शपथ लिनुभएकै दिन २२ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । संविधान अनुसार मन्त्रिपरिषद् २५ सदस्यीय भन्दा ठूलो बनाउन पाइँदैन । संविधानअनुसार अब मन्तिपरिषद्ले पूर्णता पाएको छ ।
मन्त्रिपरिषद्मा दलितलाई समावेश नगरिएको भन्दै आलोचना भएपछि अहिले राज्यमन्त्री थपेर समावेशी बनाउन खोजिएको छ । बिकलाई वन तथा वातावरण राज्यमन्त्री बनाइएको छ । तामाङलाई उर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
चौधरी कैलाली-२ बाट निर्वाचित हुनुहुन्छ । कपिलवस्तुकी बिक कांग्रेसकी समानुपातिक सांसद हुनुहुन्छ भने तामाङ रामेछापबाट निर्वाचित सांसद हुनुहुन्छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार