
काठमाडौँ । नेपालका प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को संख्या २५ सदस्यीय भएको छ ।
नेपाली कांग्रेसबाट रुपा बिक र पूर्णबहादुर तामाङ तथा नागरिक उन्मुक्ति पार्टीबाट अरूण चौधरीसहित तीन राज्यमन्त्री शुक्रबार थपिनु भएसँगै ओली सरकार २५ सदस्यीय बनेको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार तीन राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली शपथ लिनुभएकै दिन २२ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । संविधान अनुसार मन्त्रिपरिषद् २५ सदस्यीय भन्दा ठूलो बनाउन पाइँदैन । संविधानअनुसार अब मन्तिपरिषद्ले पूर्णता पाएको छ ।
मन्त्रिपरिषद्मा दलितलाई समावेश नगरिएको भन्दै आलोचना भएपछि अहिले राज्यमन्त्री थपेर समावेशी बनाउन खोजिएको छ । बिकलाई वन तथा वातावरण राज्यमन्त्री बनाइएको छ । तामाङलाई उर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
चौधरी कैलाली-२ बाट निर्वाचित हुनुहुन्छ । कपिलवस्तुकी बिक कांग्रेसकी समानुपातिक सांसद हुनुहुन्छ भने तामाङ रामेछापबाट निर्वाचित सांसद हुनुहुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार
‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनका लागि बेलायत र फ्रान्सले पहल गर्ने