काठमाडौं । नेपालका तीन प्रदेशमा नयाँ प्रदेश प्रमुखहरू नियुक्त हुनु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई नियुक्त गर्नुभएको हो । उहाँले साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुखहरु नियुक्त गर्नुभएको हो ।
कैलालीको धनगढीका देवकोटा नेकपा एमालेको कोटामा प्रदेश प्रमुख नियुक्त हुनुभएको हो । उहाँ एमालेको केन्द्रीय अनुशासन आयोग सदस्य हुनुहुन्छ ।
रोल्पाका घर्तीमगर र बझाङका जोशी नेपाली कांग्रेसका तर्फबाट प्रदेश प्रमुख बन्नुभएको हो । घर्तीमगर कांग्रेस रोल्पाका पूर्वसभापति र जोशी कांग्रेस केन्द्रीय सदस्य हुनुहुन्छ ।
यसअघि बागमतीमा यादवचन्द्र शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख हुनुहुन्थ्यो । शर्मा नेकपा (एकीकृत समाजवादी), शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुनुहुन्छ । उहाँहरु तीनैजनालाई माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार
‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनका लागि बेलायत र फ्रान्सले पहल गर्ने