लन्डन । अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको छ ।
इन्ड फुड वेस्ट अस्ट्रेलिया (इएफडब्लुए) द्वारा प्रकाशित प्रतिवेदनअनुसार अस्ट्रेलियालीहरूले दैनिक दुई करोड ९० लाख डलरबराबरको खाना खेर फाल्छन् ।
दक्षिण अस्ट्रेलियामा रहेको इएफडब्लुएका प्रमुख कार्यकारी स्टिभन लापिजले यहाँ ३७ लाख घरपरिवारलाई टेबलमा खाना राख्न सङ्घर्ष गरिरहेको समयमा प्रत्येक अस्ट्रेलियालीलाई दिउँसोको खाना उपलब्ध गराउन यो बर्बादी पर्याप्त रहेको बताउनुभयो । अस्ट्रेलियालीहरूले प्रत्येक वर्ष बर्बाद गर्ने खानाको संयुक्त मूल्य ३६ अर्ब ६० करोड अस्ट्रेलियाली डलर (२४ अर्ब ३० करोड अमेरिकी डलर) रहेको प्रतिवेदनले अनुमान गरेको छ ।
नयाँ प्रतिवेदन सन् २०२४ राष्ट्रिय खाद्य अपशिष्ट शिखर सम्मेलनको पूर्वसन्ध्यामा प्रकाशित गरिएको थियो । यसले मेलबर्नमा विश्वभरका विज्ञ र उद्योगका नेताहरूलाई एकसाथ आमन्त्रण गर्दछ ।
लापिजले एक मिडिया विज्ञप्तिमा दुई दिने कार्यक्रम राष्ट्रिय रणनीति र सन् २०३० लक्ष्यको बीचको बीचमा बिन्दुमा आउने बताउनुभयो ।
जलवायु परिवर्तन, ऊर्जा, वातावरण र जल विभागले खाद्यान्को बर्बादी अस्ट्रेलियाको वार्षिक हरितगृह ग्यास उत्सर्जनको तीन प्रतिशत ओगट्ने र खाना उत्पादन गर्न २६ हजार गिगालिटर पानी खेर गएको अनुमान गरेको छ ।
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह