
लन्डन । फ्रान्सको पेरिसमा हुने पारा ओलम्पिक खेलकुदमा भाग लिने नेपाली पारा टोली खेलाडीले बेलायतमा प्रशिक्षण गर्ने भएका छन् ।
म्यानचेस्टर सहरमा अवस्थित ग्रेट ब्रिटेन तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा बिहीबार २५ जुलाईदेखि अगस्ट २३ सम्म पारालम्पिक प्रिपेरेसन क्याम्पमा नेपाली खेलाडी सहभागी हुनेछन् । पेरिस पारा ओलम्पिकमा पलेशा गोवर्धन र भरतसिंह महता रहनुभएको छ । प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ हुनुहुन्छ ।
प्रशिक्षणका लागि नेपाली पारा तेक्वान्दो टोली बुधबार बेलायततर्फ प्रस्थान गरिसकेको छ । टोलीलाई मंगलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र मन्त्रालयका सचिव सुमनराज अर्यालले बिदाइ गर्नुभएको थियो ।

बेलायतमा प्रशिक्षणपछि पेरिस २०२४ पारा ओलम्पिक खेलकुदमा भाग लिन नेपाली पारा तेक्वान्दो टोली अगस्ट २३ फ्रान्स जाने तालिका छ । के–४४ विधाको पुरुष ५८ केजीमुनि तौल समूह भरतसिंहको अगस्ट २९ अगस्ट र महिला ५७ केजीमुनि पलेशाको अगस्ट ३० मा खेल छ ।
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि