काठमाडौँ । नेपालको प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले झण्डै डेढअघि लेखेको पत्रलाई लिएर आफूलाई नियोजित रुपमा विवादमा ल्याउन कोसिस भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

उपसभामुख रानामगरले अमेरिकी दूतावासमा पठाएको विवादित पत्रबारे शुक्रबार स्पष्टीकरणसहितको विज्ञप्ति जारी गर्नुहुँदै आफूविरुद्ध ‘नियोजित कदम’ चालिएको बताउनुभएको हो । ‘मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु मविरुद्ध नियोजित कदम रहेको देखिन्छ ।
मलाई नजिकबाट चिनेहरु मेरो स्वभावसँग जानकारै हुनुहुन्छ । मेरा स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान् तर अनैतिक कार्य मबाट भएको छैन, हुने छैन,’ उपसभामुख रानाले भन्नुभएको छ,’आम जीवनबाट राजनीतिमा आइपुग्दा मैले दशकौ लगाएर आर्जन गरेको प्रतिष्ठा र सेवामा समर्पित सार्वजनिक जीवन माथि लाञ्छना लगाउने कुत्सित प्रयासबाट कत्ति पनि विचलित नभई म नेपाल र नेपालीको सेवामा निरन्तर लागिरहेको जानकारी गराउन चाहन्छु ।
‘गत वर्ष २०२३ को मार्च महिनामा यूएनसिएसडब्लुको सम्मेलनसँगै समानान्तर रूपमा आयोजना हुने एनजीओसीएसडब्लु ६७ को सहभागिताको लागि आफू लगायत अन्य सहभागीलाई आएको निमन्त्रणा स्वीकार गरेको उलेल्ख गर्नुहुँदै उहाँले अमेरिका जाने क्रममा- यात्रा गर्नुपर्ने समयावधि अत्यन्त छोटो रहेको तर राजदूतावासमा अन्तर्वार्ताको मिति लिन लामो समय कुर्नुपर्ने अवस्था रहेकोले आफूले पत्र लेखेको दाबी गर्नुभएको छ ।
उहाँले कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रियाबमोजिम गर्ने उल्लेख गर्नुभयो ।

बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा