काठमाडौँ । नेपालको प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले झण्डै डेढअघि लेखेको पत्रलाई लिएर आफूलाई नियोजित रुपमा विवादमा ल्याउन कोसिस भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

उपसभामुख रानामगरले अमेरिकी दूतावासमा पठाएको विवादित पत्रबारे शुक्रबार स्पष्टीकरणसहितको विज्ञप्ति जारी गर्नुहुँदै आफूविरुद्ध ‘नियोजित कदम’ चालिएको बताउनुभएको हो । ‘मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु मविरुद्ध नियोजित कदम रहेको देखिन्छ ।
मलाई नजिकबाट चिनेहरु मेरो स्वभावसँग जानकारै हुनुहुन्छ । मेरा स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान् तर अनैतिक कार्य मबाट भएको छैन, हुने छैन,’ उपसभामुख रानाले भन्नुभएको छ,’आम जीवनबाट राजनीतिमा आइपुग्दा मैले दशकौ लगाएर आर्जन गरेको प्रतिष्ठा र सेवामा समर्पित सार्वजनिक जीवन माथि लाञ्छना लगाउने कुत्सित प्रयासबाट कत्ति पनि विचलित नभई म नेपाल र नेपालीको सेवामा निरन्तर लागिरहेको जानकारी गराउन चाहन्छु ।
‘गत वर्ष २०२३ को मार्च महिनामा यूएनसिएसडब्लुको सम्मेलनसँगै समानान्तर रूपमा आयोजना हुने एनजीओसीएसडब्लु ६७ को सहभागिताको लागि आफू लगायत अन्य सहभागीलाई आएको निमन्त्रणा स्वीकार गरेको उलेल्ख गर्नुहुँदै उहाँले अमेरिका जाने क्रममा- यात्रा गर्नुपर्ने समयावधि अत्यन्त छोटो रहेको तर राजदूतावासमा अन्तर्वार्ताको मिति लिन लामो समय कुर्नुपर्ने अवस्था रहेकोले आफूले पत्र लेखेको दाबी गर्नुभएको छ ।
उहाँले कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रियाबमोजिम गर्ने उल्लेख गर्नुभयो ।

बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा