
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अगुवाले नवनियुक्त गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेका छन् ।
एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको नेतृत्वमा अभियन्ताहरुले बुधबार दुवै मन्त्रीलाई भेटेका हुन् । भेटमा गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, गैरआवासीय नेपालीहरुको लगानी तथा गैरआवासीय नेपाली संघको अभियानको सुदृढीकरण लगायतका विषयमा छलफल भएको भेटमा सहभागी एनआरएनए अभियन्ता रोजिना प्रधान राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताको विषयमा विशेष छलफल भई तत्काल कार्यान्वयनमा लैजाने गरी कानुनी प्रावधान मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
एनआरएनए टोलीले नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामनासमेत दिएका थिए । भेटमा डा बद्री केसी, रोजिना प्रधान राई, सोम सपकोटा, अर्जुन श्रेष्ठ, अतुल कोइराला, हिराधन राई, सरोज दाहाल, राजु अर्याल लगायतको उपस्थिति थियो ।
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन