काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले विदेशमा बसोबास गर्ने नेपालीका लागि धेरै काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सोमबार मन्त्रालयको पदभार ग्रहण गर्नुहुँदै मन्त्री राणाले विदेशमा रहेका नेपालीका लागि रिभ्यू र रिथिंक गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।‘हामो नागरिक अरुको देशमा बसिरहेका छन्, कतिले नागरिकता लिए, कतिले व्यापार गरेर बसेका छन्, कोही पढ्दैछन्,’उहाँले भन्नुभयो,‘उनीहरूका लागि हामीले के गर्न सक्छौं, हामीले रिभ्यू र रिथिंक गर्नुपर्नेछ ।’
विगतमा आफूले क्यानेडियन दूतावासमा काम गर्दा उहाँहरूले आफ्ना नागरिकको संरक्षणका लागि के गर्छन् भन्ने थाहा पाएको परराष्ट्रमन्त्री राणाले बताउनुभयो । अन्तर्राष्ट्रिय निकायहरूमा नेपालीको उपस्थिति कम रहेको भन्दै उहाँले अहिले आफ्नो व्यक्तिगत क्षमतामा मात्र नेपालीले अन्तर्राष्ट्रियस्तरमा उचाइ हासिल गरेको बताउनुभयो । त्यसमा राज्यको स्तरबाट पहल गर्ने उहाँको भनाइ छ
सीमा समस्याहरू तथ्य र प्रमाणका आधारमा समाधान हुने उहाँले बताउनुभयो ।
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा