काठमाडौं । अविरल वर्षापछि नेपालको गण्डकी प्रदेशअन्तर्गत कास्कीको पोखरामा पहिरोबाट ठूलो धनजनको क्षति भएको छ ।
बिहीबार राति पोखराका तीन ठाउँमा पहिरोले घर परिँदा एकै परिवारका ६ सहित ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा उद्धार गर्ने क्रममा लडेर स्थानीय एक महिलाको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरा १९ पुरुन्चौरमा एकै घरका ६ जनाको मृत्यु भएको हो भने पोखरा ३२ चैतपुर बाह्रबिसेमा ३ जना, पोखराको शिशुवामा एक जनाको गरी ११ जनाको पहिरोमा परी मृत्यु भएको हो ।
पोखरा १९ पुरुन्चौरका तल्लोकोट टारीका कुलबहादुर परियार उहाँका छोरी ज्वाइँ चितवन निवासी २५ वर्षका अस्मित परियारको पहिरोमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले बताउनु भयो । उहाँको घर भन्दा केही माथिबाट आएको पहिरोमा परी ४६ वर्षका तुलबहादुरसहित उहाँकी श्रीमती ४३ वर्षकी मनकुमारी परियार, उहाँकी आमा ८५ वर्षकी लक्षिमा परियार, १५ वर्षकी छोरी प्रशना परियार, चितवन घर भई माइत आउनु भएकी छोरी २० बर्षकी प्रभा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी ५६ वर्षकी राधिका परियारकोसमेत पहिरोमा परी मृत्यु भएको सूचना अधिकारी शर्माले जनाउनु भयो ।
उक्त घटनामा परी कुलबहादुरका छोरा पवन परियार र स्थानीय राधिकाका छोरा कुमार परियार घाइते हुनु भएको छ । उहाँहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचार भएको थियो ।
पोखरा ३२ चैतपुर बाह्रबिसेमा ३ जनाको पहिरोमा परी मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १८ वर्षकी अनिता ओझा, ११ वर्षकी अनुस्का ओझा र ९ वर्षका प्रतीक सुवेदीको पहिरोमा परी मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । स्थानीय आरती ओझाको टिनले छाएको एक तले ढुङ्गा माटेले बनेको घरमा माथिबाट आएको पहिरोले पुरिदा उहाँकी छोरीहरू र दाइको छोरा सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसै गरी पोखराको शिशुवामा आज बिहान १ः बजे आएको पहिरोले घर पुरिँदा माइतीकुमारी गुरुङको मृत्यु भएको छ ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान