काठमाडौं । अविरल वर्षापछि नेपालको गण्डकी प्रदेशअन्तर्गत कास्कीको पोखरामा पहिरोबाट ठूलो धनजनको क्षति भएको छ ।
बिहीबार राति पोखराका तीन ठाउँमा पहिरोले घर परिँदा एकै परिवारका ६ सहित ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा उद्धार गर्ने क्रममा लडेर स्थानीय एक महिलाको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरा १९ पुरुन्चौरमा एकै घरका ६ जनाको मृत्यु भएको हो भने पोखरा ३२ चैतपुर बाह्रबिसेमा ३ जना, पोखराको शिशुवामा एक जनाको गरी ११ जनाको पहिरोमा परी मृत्यु भएको हो ।
पोखरा १९ पुरुन्चौरका तल्लोकोट टारीका कुलबहादुर परियार उहाँका छोरी ज्वाइँ चितवन निवासी २५ वर्षका अस्मित परियारको पहिरोमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले बताउनु भयो । उहाँको घर भन्दा केही माथिबाट आएको पहिरोमा परी ४६ वर्षका तुलबहादुरसहित उहाँकी श्रीमती ४३ वर्षकी मनकुमारी परियार, उहाँकी आमा ८५ वर्षकी लक्षिमा परियार, १५ वर्षकी छोरी प्रशना परियार, चितवन घर भई माइत आउनु भएकी छोरी २० बर्षकी प्रभा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी ५६ वर्षकी राधिका परियारकोसमेत पहिरोमा परी मृत्यु भएको सूचना अधिकारी शर्माले जनाउनु भयो ।
उक्त घटनामा परी कुलबहादुरका छोरा पवन परियार र स्थानीय राधिकाका छोरा कुमार परियार घाइते हुनु भएको छ । उहाँहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचार भएको थियो ।
पोखरा ३२ चैतपुर बाह्रबिसेमा ३ जनाको पहिरोमा परी मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १८ वर्षकी अनिता ओझा, ११ वर्षकी अनुस्का ओझा र ९ वर्षका प्रतीक सुवेदीको पहिरोमा परी मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । स्थानीय आरती ओझाको टिनले छाएको एक तले ढुङ्गा माटेले बनेको घरमा माथिबाट आएको पहिरोले पुरिदा उहाँकी छोरीहरू र दाइको छोरा सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसै गरी पोखराको शिशुवामा आज बिहान १ः बजे आएको पहिरोले घर पुरिँदा माइतीकुमारी गुरुङको मृत्यु भएको छ ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु