
लण्डन । हाइपर फण्ड (हाल हाइपर भर्स) का नाममा नेटवर्किङ खडा गरेर ठगी गरिएको आरोपमा ६३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को लामो अनुसन्धानपछि मंगलबार जिल्ला अदालतमा ६३ जनाविरुद्ध ठगीको कसुरमा मुद्दा गरिएको अनलाइनखबरले समाचार छापेको छ ।
५८ जनाबाट ७ करोड ७२ लाख ८५ हजार ९२१ रुपैयाँ ठगी भएको दाबी गर्दै सोही अनुसारको बिगो मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ ।
मुद्दा दर्ता गरिएकामध्ये ६१ जना फरार छन् । २ जना भने पक्राउ प्रतिवादी बनेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलकी ५१ वर्षीया काजल भनिने नानु घिमिरे र लमजुङको बेसीशहर नगरपालिका–११ का ३७ वर्षीय कृष्णकान्त भण्डारी छन् । बाँकी ६१ जना भने फरार छन् ।
संगठित रुपमा ठगी गरेको आरोपमा सीआईबीले घिमिरेलाई २० वैशाखमा पक्राउ गरेर अनुसन्धान गरेको थियो । उनी पक्राउ परेपछि कृष्णकान्त पक्राउ परेका थिए । संगठित अपराधको कसुरमा ६० दिनसम्म म्याद लिएर अनुसन्धान गर्दा यो ठगी प्रकरणमा ६३ जनाको संलग्नता खुलेको हो ।
घिमिरे सहितको समूहले तेब्बरसम्म कमाइ हुने आश्वासन दिएर सर्वसाधारणलाई ‘हाइपर भर्स’ मा रकम हाल्न लगाएर पिरामिड शैलीमा ठगी गरिएको थियो ।
प्रहरीका अनुसार हाइपर भर्सको लिंक र जुम मिटिङको आईडी र पासवर्ड दिएपछि साइटमा प्रवेश गरेर मिटिङमा समावेश गराइन्छ । त्यसपछि हाइपर भर्स नामक ‘ब्लक चेन टेक्नोलोजी’ कम्पनीका मुख्य सञ्चालक काजल, रोशन भन्ने देवीप्रसाद पोखरेल, ललितकुमार न्यौपाने, कुमार गुरुङ, मोदनाथ बेल्वासे, योगेन्द्र मिलन छन्त्याल, चन्द्रकुमार लिम्बू तुम्बाहाम्फे, रेनु माया तामाङ, कृष्ण कान्त भण्डारी, देवेन्द्र गौतमलगायतका व्यक्तिले जुम मिटिङमार्फत हाइपर भर्समा लगानी गर्न काउन्सिलिङ गर्ने गरेको खुलेको थियो ।
हाइपर भर्समा लगानी गर्दा १ हजार डलरको ३ हजार डलर बराबर अर्थात तेब्बर आम्दानी हुने भन्दै विश्वास दिलाएर नेपाल तथा विदेशमा रहेका व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाई संगठित रूपमा ठगी गरेको पाइएको छ ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान