
न्यूयोर्क । लमजुङ समाज न्यूयोर्क अमेरिकाले कृषि विकास बैँक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङसँग मिट एण्ड ग्रीट कार्यक्रम गरेको छ ।
गुरुङ एडभान्स लर्निङ प्रोगाममा सहभागी हुन अमेरिका आएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले विदेशी भूमिमा आफूहरुलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गरे । गुरुङले २०४२ सालमा फुपूसँग ऋण लिएर काठमाडौँ छिरेको अनुभव सुनाए । काठमाडौँमा आफन्तहरु कोही नभए पनि संघर्ष गर्दै पढेर २०४९ सालमा नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए गरेको बताए ।
गुरुङसँग नेपाली र विदेशी गरेर विभिन्न ६ वटा बैंकमा २८ वर्ष काम गरेको अनुभव छ ।
गुरुङले म्यानेजमेन्ट ट्रेनीको रुपमा हिमालयन बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए ।
हिमालयन बैँक, ग्लोबल आइएमई बैंक, मेघा बैंक, सिभिल बैंक र म्यानमार सिटिजन्स बैंकमा काम गरेको उनीसित अनुभव छ । मेगा बैंकमा डेपुटी जेनेरेल म्यानेजरका रुपमा प्रवेश गरेका गुरुङले चिफ कर्पोरेट बैंकिङको जिम्मेवारी सम्हालेका थिए । डेपुटी सीईओको रुपमा सिभिल बैंकमा नियुक्त भएका गुरुङले बैंकको नेतृत्वकर्ता सीईओको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
उनी खुला प्रतिस्पर्धाबाट म्यानमारको याङगुनमा रहेको म्यानमार सिटिजन्स बैंकको सीईओमा नियुक्त भएका थिए । त्यहाँ उनले एक वर्ष ६ महिना काम गरे ।

गुरुङ कृषि विकास बैकमा प्रमुख कार्यकारी अधिकृत हुँदा खराब कर्जाको अनुपात ४.५२ थियो भने गुरुङले नेतृत्व सम्हालेदेखि गएको असार मसान्त सम्ममा ३ अर्ब ११ करोड नाफा कमाउन बैँक सफल भएको छ ।
बैँकर गुरुङ गीत गाउन र नाच्ने पनि उत्तिक्कै निपुण छन् । उनले गुरुङ जातिको भाषा, संस्कार, संस्कृति जोगाउने अभिप्रायले गुरुङ भाषाको एल्बम समेत निकालेका छन् ।
त्यस्तै, गुरुङकी पत्नी बिमला गुरुङले नेपालमा संस्कार इङलिस स्कुल स्थापना गरी शिक्षा क्षेत्रमार्फत जीवनोपयोगी शिक्षा प्रदान गर्ने कोशिश गरेको बताइन् । विद्यालयले शिक्षासँगै शुखावती संस्थासँगको सहकार्यमा जलवायु परिवर्तन र फोहोर व्यवस्थापनसम्बन्धी कार्य गरिरहेको उनले जानकारी दिइन् ।
समाजका अध्यक्ष गम गुरुङले लमजुङको मर्स्याङ्दी ८ भंगेरीमा जन्मिएका गुरुङ बैंकिङ क्षेत्रको प्रमुख कार्यकारी अधिकृतमा पुग्ने पहिलो गुरुङ भएकोमा गर्व लागेको बताउँदै अझै राम्रो कार्य गर्दै जान अनुरोध गरे ।
अध्यक्ष गुरुङले गुरुङ दम्पत्तिलाई खादा ओढाएर सम्मान गरेका थिए । उनले व्यस्तताको बावजुद पनि उपस्थित भइ दिनु भएकोमा गुरुङ दम्पत्तिलगायत उपस्थित सबैलाई धन्यवाद दिए । कार्यक्रममा गायिका बिमा कुमारी दुरा, नायिका रञ्जिता गुरुङलगायत लमजुङवासी दाजुभाइ तथा दिदीबहिनीहरू सहभागी थिए ।
कार्यक्रममा संस्थाका संरक्षकहरु तेज गुरुङ र तुलसी गुरुङले मन्तव्य राखेका थिए भने फिप्नाका पूर्व महासचिव प्रेम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह