
लण्डन । बेलायतको नेपाली समुदायमा तीन वर्षदेखि हुँदै गरेको ए-स्टार नेपलिज बास्केटबल लिगको यसवर्षको उपाधि डीबीएस हेज एण्ड हार्लिङटनले हात पारेको छ ।
ग्रीनफोर्ड नाइट्सलाई हराउँदै डीबीएस हेज च्याम्पियन बनेको हो । डीबीएसले गतवर्ष पनि उपाधि जितेको थियो ।
यही जुन २२ तारिखका दिन ब्रुनेल युनिभर्सिटी स्पोर्ट्स सेन्टर लण्डनमा दुई टीमबीच फाइनल खेल भएको थियो ।
सो अवसरमा नेपाली बास्केटबल टीमका पूर्व खेलाडीहरू मनोज शेरचन, आयुष सिंह, विनोद श्रेष्ठ, अमिर घले र निर्मल गुरुङलाई सम्मान गरिएको थियो । त्यस्तै ह्वीलचेयर बास्केटबल खेलाडी दिपेश विश्वकर्मालाई पनि स्वागत गरिएको थियो । विश्वकर्मा बेलायतमा बसोबास गर्न थालेका छन् ।
कार्यक्रममा नेपाली दुताबास बेलायतका द्वीतीय सचिव रामबाबु नेपाल, गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगर, काउन्सिलरहरू लक्ष्य गुरुङ र विष्णु गुरुङ, तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, मगर संघ युकेकी अध्यक्ष श्रीमती सीता पुन, १३ वटा हिमाल आरोहण गरिसकेका तेजन गुरुङ, फर्कीफर्की चलचित्रका अभिनेता आशिक गुरुङ, हिरोपन्थी चलचित्रका अभिनेता प्रदीप गुरुङ लगायत अतिथिका रूपमा रहेका थिए ।
समापन कार्यक्रम नेपलिज बास्केटबल एसोसिएन युकेका अध्यक्ष रूपक गुरुङको अध्यक्षतामा र सृजना गुरुङको सन्चालनमा भएको थियो ।
जनवरीबाट शुरु भएको यस सिजनको लिगमा ११ वटा टीमले भाग लिएका थिए । ११ वटा टीमबाट शुरुको चरणमा लिग खेलाइएको थियो जसबाट छानिएका आठ वटा टीमका बीचमा नकआउट खेल भएपछि यी दुई टीम फाइनलमा पुगेका हुन् ।
विजेता टोलीले रनिङ शिल्ड र खेलाडीहरूले ट्रफी पाएका थिए ।
खेलको टाइटल एस्टार फाइनान्सियल सोल्यूसन्सले स्पोन्सर गरेको थियो भने अन्य स्पोन्सरहरूमा बल ड्रिभन, नेपाल फूडस, गोर्खा कन्सट्रक्सन, हेयज नेपलिज सेन्टर र सिलाज किचन रहेका थिए ।

एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा