
लण्डन । बेलायतको नेपाली समुदायमा तीन वर्षदेखि हुँदै गरेको ए-स्टार नेपलिज बास्केटबल लिगको फाइनलमा डीबीएस हेज र ग्रीनफोर्ड नाइट्स भिड्ने भएका छन् ।
यही जुन २२ तारिखका दिन ब्रुनेल युनिभर्सिटी स्पोर्ट्स सेन्टर लण्डनमा दुई टीमबीच फाइनल खेल हुनेछ ।
जनवरीबाट शुरु भएको लिगमा ११ वटा टीमले भाग लिएको आयोजक नेपलिज बास्केटबल एसोसिएसन युकेका अध्यक्ष रूपक गुरुङले जानकारी दिए । ११ वटा टीमबाट शुरुको चरणमा लिग खेलाइएको थियो जसबाट छानिएका आठ वटा टीमका बीचमा नकआउट खेल भएपछि यी दुई टीम फाइनलमा पुगेका हुन् । विजेता टोलीले रनिङ शिल्ड र खेलाडीहरूले ट्रफी पाउने छन् ।
फाइनल खेल हुने दिनमा दुई वटा महिला बास्केटबल टीम र पूर्व खेलाडीहरूको दुई वटा टीमको अप्रतियोगी म्याच पनि खेलाइने अध्यक्ष गुरुङले जानकारी दिए । पूर्व खेलाडीहरुको टीममा हेज नेपाली र गोर्खा कन्सट्रक्सन रहेका छन् ।
यसबाहेक सो दिन १२ जना बास्केटबलका खेलाडीहरूबीच तीन प्वाइन्टको व्यक्तिगत प्रतिस्पर्धा पनि हुनेछ र विजेताहरूलाई अवार्ड दिइनेछ ।
करिब ३०० बढी दर्शकका माझ हुने फाइनल खेलको दिनमा गीत र नृत्य पनि देखाइनेछ भने नेपालका बास्केटबलका पूर्व राष्ट्रिय खेलाडीहरूलाई सम्मान पनि गरिने अध्यक्ष गुरुङले बताए । सो समारोहमा नेपाली दुताबास लण्डनका प्रतिनिधि, स्थानीय काउन्सिलरहरू, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा, पर्वतारोही कृष्ण थापा, नेपाली समुदायका अगुवाहरू लगायतका अतिथिहरू रहनेछन् ।
बेलायतमा हुर्कँदै गरेका नेपाली युवाहरूको ध्यान कुलतमा जानुभन्दा खेलकुदमा जाओस् र उनीहरूमा सकारात्मक उर्जा प्राप्त होस् भनेर यो प्रतियोगिता आयोजना गरेको अध्यक्ष गुरुङ बताउँछन् ।
खेलको टाइटल एस्टार फाइनान्सियल सोल्यूसन्सले स्पोन्सर गरेको छ ।

यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने