
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय बैठकको उद्घाटनसत्रमा हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको मञ्चमा भाग लिन आज अपराह्न जेनेभा प्रस्थान गर्नुभएको छ ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिदाइ गर्नुभयो । त्यसअवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो ।
राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो ।
जनेभामा रहँदा राष्ट्रपति पौडेलले भोलि बुधबार स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार उहाँले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन समारोहलाई यही जेठ ३१ गते सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टिनमेयरको निमन्त्रणामा औपचारिक भ्रमणका लागि जेनेभाबाट आगामी असार १ गते सङ्घीय गणतन्त्र जर्मनीको बर्लिनतर्फ प्रस्थान गर्नुहुनेछ । त्यहाँ रहँदा उहाँले आफ्ना जर्मन समकक्षी स्टिनमेयरसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ ।
राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी सविता पौडेल रहनुहुनेछ । प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूत तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी रहनुहुनेछ । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा