
लण्डन । किरात राई यायोख्याको लोगो अंकित झण्डा सगरमाथाको शिखरमा पुर्याइएको छ ।
आरोही अविरल राईले यही मे २२ का दिन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी यायोख्या युकेको झण्डा पनि फहराएका हुन् ।
सोलुखुम्बु जिल्लामा जन्मेका आरोही राईलाई सगरमाथाको सफल आरोहण गरी किरातहरुको झण्डा फहराउनुभएकोमा किरात राई यायोख्या बेलायतले बधाई ज्ञापन पनि गरेको छ । राईको साहसिक कार्यले समग्र किरात राई जातिको शिर उच्च पारेको बधाई पत्रमा उन्लेख छ ।
पेशाले पर्वतीय मार्गदर्शक रहेका राईको सगरमाथा आरोहण यो दोश्रो हो । यसअघि सन् २०२२ मा उहाँले सगरमाथाको पहिलो सफल आरोहण गर्नु भएको थियो ।

एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
अमेरिकाको क्यालिफोर्नियामा धुमधामले मनाइयो सोनाम ल्होछार
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : ३ हजार ४८४ जनाले गराए उम्मेदवारी दर्ता
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना