
नयाँ दिल्ली । भारतमा सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको मतगणनाको हालसम्मको परिणामले नरेन्द्र मोदीको भारतीय जनता पार्टीले एकल बहुमत गुमाउने भएको छ ।
भारतीय निर्वाचन आयोगको यस समाचार तयार पार्दासम्मको घोषणाअनुसार भारतीय जनता पार्टीले १२८ स्थानमा विजय हासिल गरेको छ भने ११४ स्थानमा अग्रता लिइरहेको छ । अग्रता लिएको सबै स्थानमा विजय हासिल गर्दा भारतीय जनता पार्टीको २४० स्थान मात्र हुन आउँछ ।
पाँच सय ४३ सिटको लोकसभामा एकल बहुमत हासिल गर्न २७२ स्थान जित्नु पर्ने हुन्छ । यसअघि भारतीय जनता पार्टी एक्लैले बहुमत पाएको थियो । यसपटक भने सरकार बनाउन भारतीय जनता पार्टीले उससित गठबन्धन गरेका दलहरुको अनिवार्य समर्थन लिनुपर्ने छ । यद्यपि उसको नेतृत्वमा गठित राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) करिब दुई सय ९० स्थानमा अगाडी रहेको छ ।
उता, विभिन्न सर्भेक्षण विपरीत विपक्षी भारतीय राष्ट्रिय काँग्रेसले ५४ स्थानमा जित हासिल गरिसकेको छ भने ४५ स्थानमा अग्रपंक्तिमा रहेको छ । उसको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले करिब दुई सय २० सिटमा अग्रता हासिल गरिरहेको छ ।
निर्वाचन आयोगका अनुसार समाजवादी पार्टीले १८, अल इण्डिया त्रृणमूल कँग्रेसले ९, द्रविड़ मुन्नेत्र कड़गम (डिएमके)ले ५, जनता दल युले ४, शिवसेना (उद्धव ठाकरे) ३, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीले ३, आमआदमी पार्टीले ३ सिटमा विजय हासिल गरेका छन् ।
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान