
न्यूयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्युयोर्कको एक अदालतले सबै फौजदारी मुद्दासम्बन्धी अभियोगमा दोषी ठहर गरेको छ । यससँगै उहाँ अपराधमा दोषी ठहरिएका पहिलो पूर्व अमेरिकी राष्ट्रपति बन्नुभएको छ ।
अदालतले यौनकर्मी स्टोर्मी डेनियल्सलाई चुप गराउनका लागि गरिएको भुक्तानी लुकाउनका लागि व्यवसायको रेकर्ड मिथ्या बनाएको ३४ वटा अभियोगमा उहाँलाई दोषी ठहर गरेको हो । सिद्धान्ततः उहाँलाई प्रत्येक अभियोगका लागि चार वर्षको जेल सजाय हुन सक्छ तर निगरानीको अवधिलाई गणना गर्ने सम्भावना बढी हुन्छ ।
बिना जमानत रिहा भएका ७७ वर्षीय रिपब्लिकन नेतालाई दोषी ठहर गरेसँगै उहाँलाई एक अपराधीका रूपमा हेरिनेछ । राष्ट्रपतिहरूलाई अक्सर विश्वको सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा वर्णन गरिने अमेरिकाका लागि यो पहिलो ऐतिहासिक र आश्चर्यजनक घटना हो ।
यद्यपि, जेल जाने सम्भावना नै किन नहोस् ट्रम्पलाई नोभेम्बर महिनामा हुने चुनावमा राष्ट्रपतिको उम्मेदवार बन्न भने बन्देज छैन ।
ट्रम्पका वकिल टोड ब्लान्चेले आफ्नो टोलीले जतिसक्दो चाँडो अपिल गर्ने तयारी गरिरहेको बताउनुभएको छ भने ट्रम्प आफैँले आदेशप्रति तत्काल प्रतिवाद गर्नुभएको छ ।
“म निकै निर्दोष मानिस हुु”, ट्रम्पले पत्रकारहरूसँग भन्नुभयो, “वास्तविक फैसला चुनावको दिन मतदाताबाट आउनेछ । उहाँले यो मुद्दालाई ‘धाँधलीपूर्ण’ र ‘अपमान’ को संज्ञा दिनुभएको छ ।
‘कोही पनि कानुनभन्दा माथि छैन’ भन्ने फैसलाले देखाएको ट्रम्पलाई दोषी ठहर गर्ने अदालतको आदेशपछि बाइडेनको चुनावी अभियानले एक विज्ञप्ति जारी गर्दै बताएको छ । “ट्रम्पले हाम्रो लोकतन्त्रका लागि जुन खतरा खडा गर्नुभएको थियो, त्यो भन्दा ठूलो खतरा कहिल्यै थिएन,” विज्ञप्तिमा भनिएको छ ।
न्यायाधीश जुआन मर्चनले मिल्वौकीमा हुने रिपब्लिकन नेसनल कन्भेन्सनको चार दिनअघि जुलाई ११ का लागि सजाय सुनाउने आदेश दिनुभएको छ । बाह्र सदस्यीय निर्णायक मण्डलले दुई दिनसम्म ११ घण्टाभन्दा बढी छलफल गरेको थियो र केही मिनेटमै फोरम्यानले सर्वसम्मत निष्कर्ष पढेर सुनाएको थियो ।
मर्चनले ‘कठिन र तनावपूर्ण कार्य’ पूरा गरेकोमा निर्णायक मण्डललाई धन्यवाद दिनुभयो ।
माफिया वा अन्य हिंसात्मक प्रतिवादीहरूको मामलामा प्रायः देखिने दुर्लभ अभ्यास अन्तर्गत उनीहरूको पहिचानलाई कार्यवाहीको दौरान गोप्य राखिएको थियो ।
ट्रम्पमाथि बाइडेनले जितेको सन् २०२० को चुनावको परिणाम उल्टाउन षडयन्त्र गरेको र ह्वाइट हाउस छोडेपछि गोप्य कागजातहरू जम्मा गरेको आरोप पनि लागेको छ ।
यद्यपि, राष्ट्रपतिको चुनाव भन्दा पहिले यी मुद्दाहरू सुरु हुने सम्भावना छैन ।
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन