
न्यूयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्युयोर्कको एक अदालतले सबै फौजदारी मुद्दासम्बन्धी अभियोगमा दोषी ठहर गरेको छ । यससँगै उहाँ अपराधमा दोषी ठहरिएका पहिलो पूर्व अमेरिकी राष्ट्रपति बन्नुभएको छ ।
अदालतले यौनकर्मी स्टोर्मी डेनियल्सलाई चुप गराउनका लागि गरिएको भुक्तानी लुकाउनका लागि व्यवसायको रेकर्ड मिथ्या बनाएको ३४ वटा अभियोगमा उहाँलाई दोषी ठहर गरेको हो । सिद्धान्ततः उहाँलाई प्रत्येक अभियोगका लागि चार वर्षको जेल सजाय हुन सक्छ तर निगरानीको अवधिलाई गणना गर्ने सम्भावना बढी हुन्छ ।
बिना जमानत रिहा भएका ७७ वर्षीय रिपब्लिकन नेतालाई दोषी ठहर गरेसँगै उहाँलाई एक अपराधीका रूपमा हेरिनेछ । राष्ट्रपतिहरूलाई अक्सर विश्वको सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा वर्णन गरिने अमेरिकाका लागि यो पहिलो ऐतिहासिक र आश्चर्यजनक घटना हो ।
यद्यपि, जेल जाने सम्भावना नै किन नहोस् ट्रम्पलाई नोभेम्बर महिनामा हुने चुनावमा राष्ट्रपतिको उम्मेदवार बन्न भने बन्देज छैन ।
ट्रम्पका वकिल टोड ब्लान्चेले आफ्नो टोलीले जतिसक्दो चाँडो अपिल गर्ने तयारी गरिरहेको बताउनुभएको छ भने ट्रम्प आफैँले आदेशप्रति तत्काल प्रतिवाद गर्नुभएको छ ।
“म निकै निर्दोष मानिस हुु”, ट्रम्पले पत्रकारहरूसँग भन्नुभयो, “वास्तविक फैसला चुनावको दिन मतदाताबाट आउनेछ । उहाँले यो मुद्दालाई ‘धाँधलीपूर्ण’ र ‘अपमान’ को संज्ञा दिनुभएको छ ।
‘कोही पनि कानुनभन्दा माथि छैन’ भन्ने फैसलाले देखाएको ट्रम्पलाई दोषी ठहर गर्ने अदालतको आदेशपछि बाइडेनको चुनावी अभियानले एक विज्ञप्ति जारी गर्दै बताएको छ । “ट्रम्पले हाम्रो लोकतन्त्रका लागि जुन खतरा खडा गर्नुभएको थियो, त्यो भन्दा ठूलो खतरा कहिल्यै थिएन,” विज्ञप्तिमा भनिएको छ ।
न्यायाधीश जुआन मर्चनले मिल्वौकीमा हुने रिपब्लिकन नेसनल कन्भेन्सनको चार दिनअघि जुलाई ११ का लागि सजाय सुनाउने आदेश दिनुभएको छ । बाह्र सदस्यीय निर्णायक मण्डलले दुई दिनसम्म ११ घण्टाभन्दा बढी छलफल गरेको थियो र केही मिनेटमै फोरम्यानले सर्वसम्मत निष्कर्ष पढेर सुनाएको थियो ।
मर्चनले ‘कठिन र तनावपूर्ण कार्य’ पूरा गरेकोमा निर्णायक मण्डललाई धन्यवाद दिनुभयो ।
माफिया वा अन्य हिंसात्मक प्रतिवादीहरूको मामलामा प्रायः देखिने दुर्लभ अभ्यास अन्तर्गत उनीहरूको पहिचानलाई कार्यवाहीको दौरान गोप्य राखिएको थियो ।
ट्रम्पमाथि बाइडेनले जितेको सन् २०२० को चुनावको परिणाम उल्टाउन षडयन्त्र गरेको र ह्वाइट हाउस छोडेपछि गोप्य कागजातहरू जम्मा गरेको आरोप पनि लागेको छ ।
यद्यपि, राष्ट्रपतिको चुनाव भन्दा पहिले यी मुद्दाहरू सुरु हुने सम्भावना छैन ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह