
चितवन । सञ्चारकर्मीहरूले विदेशमा रही नेपाल र नेपालीको पक्षमा पत्रकारिता गर्नु निकै चुनौतीपूर्ण कार्य रहेको बताउनुभएको छ ।
चितवन जिल्ला घर भई हाल संयुक्तराज्य अमेरिका र जापानमा पत्रकारिता गर्दैआउनुभएका नेपाली पत्रकारहरुले प्रवासको पत्रकारिता चुनैतीपूर्ण एवं कष्टकर रहेको बताउनुभएको हो । आज यहाँ स्थानीय सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै उहाँहरुले विदेशमा रही नेपाल र नेपालीलाई केन्द्रमा राखेर पत्रकारिता गर्ने गरेको स्पष्ट गर्नुभयो ।
हिमालय खबर अनलाइन चलाउँदै आउनुभएका पत्रकार विकासराज न्यौपानेले करिब पाँच लाख नेपाली रहेको संयुक्तराज्य अमेरिकामा तीनसय पत्रकारमध्ये केहीले मात्र व्यावसायिक पत्रकारिता गरिहेको जानकारी दिनुभयो ।
नेपाल अमेरिका पत्रकार सङ्घका निवर्तमान अध्यक्षसमेत रहेका न्यौपानेले प्रवासी नेपालीबाट साथ सहयोग प्राप्त गरी नेपाल र नेपालीको पहिचान दिलाउन, सनातन धर्म–संस्कृतिको संरक्षण गर्न तथा मातृभूमि नेपालमा वैदेशिक लगानी भित्र्याउन सदैव क्रियाशील रहेको स्पष्ट गर्नुभयो ।
‘एक चोटीको नेपाली सधैंको नेपाली’ भन्ने नारालाई नेपाल सरकारले सम्बोधन गरे नेपालमा लगानीको अभाव नहुने धारणा व्यक्त गर्दै उहाँले भन्नुभयो, “मातृभूमिप्रति समर्पित हुँदै प्रवासी नेपाली, नेपाल र नेपाली जनताका पक्षमा पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
नेपाल पत्रकार महासङ्घ चितवन शाखाका पूर्ब अध्यक्ष वेदप्रसाद खरेलले सन् २००६ देखि २०११ सम्म अमेरिकामा पत्रकारिता गर्दा निकै चुनौती व्यहोर्नुपरेको उल्लेख गर्दै आफ्नो नियमित काम सकेर मात्र पत्रकारिता गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले युवा पुस्ताको आगमन र प्रविधिको विकाससँगै नेपालमा पनि पत्रकारिता व्यवसाय सहज भएको उल्लेख गर्नुभयो ।
जापानमा व्यवसायसँगै पत्रकारिता गर्दै आउनुभएका नेपाल पत्रकार महासङ्घ चितवन शाखाका पूर्ब अध्यक्ष कृष्ण भण्डारीले काम गरेर बचेको समय मात्रै पत्रकारिता क्षेत्रलाई दिने गरेको स्पष्ट गर्नुभयो । पत्रकारिता क्षेत्रबाट जीवन निर्वाह हुने सम्भावना नदेखी २०६३ सालमा रोजगारीको सिलसिलामा जापान पुग्नुभएका भण्डारीले बिदेशमा बसोबास गर्ने नेपालीलाई नेपालको धर्म–संस्कार सिकाउन पत्रकारिता गर्ने गरेको भए पनि दैनिक १२ घण्टा काम गरेर बचेको समय पत्रकारिता क्षेत्रलाई दिनु निकै चुनौतीपूर्ण भएको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा बिदेशी सञ्चार माध्यममा नेपालीले पाएका अवसर र त्यहाँ हुने गरेका चुनौतीका बिषयमा चर्चा गरिएको थियो । सो अवसरमा नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले चितवनको पत्रकारिता र चुनौतीका बारेमा प्रकाश पार्नुभएको थियो ।
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा