
काठमाडौँ । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने भएको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेका अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताई योङले आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा सो जानकारी दिनुभएको हो ।
राजदूत पार्कले नेपाललाई प्रदान गरिँदै आएका विविध सहयोगमा आगामी दिनमा वृद्धि हुँदै जाने उल्लेख गर्नुभयो । गणतन्त्र कोरियाले नेपाललाई खासगरी स्वास्थ्य, शिक्षा, कृषि र सुशासनका क्षेत्रमा सहयोग गर्दै आएको छ । राजदूत पार्कले अन्य मुलुकको तुलनामा आफूहरुले नेपाललाई गरेको सहयोग नमूनाका रुपमा रहेको उल्लेख गर्दै सन् २००७ मा नेपालसँग रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता भएयता हालसम्म एक लाखभन्दा बढी नेपालीले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका छन् । हाल दक्षिण कोरियामा इपिएसअन्तर्गत ४३ हजार नौ सय ६३ नेपाली विभिन्न क्षेत्रमा रोजगारीमा छन् ।
“कोरियामा हाल जन्मदर न्यून भएकाले श्रमिकको खाँचो छ, नेपालबाट श्रमिक कामदार लैजाने प्रक्रियाअन्तर्गत आगामी दिनमा अझ वृद्धि हुनेछ”, राजदूत पार्कले भन्नुभयो । हाल दक्षिण कोरियाको उत्पादनमूलक, कृषि, पानीजहाजलगायत क्षेत्रमा नेपाली श्रमिक कार्यरत छन् । आगामी वर्ष दक्षिण कोरियाले वन्यजन्तु र वन क्षेत्रमा समेत नेपाली श्रमिक लैजाने योजना रहेको राजदूत पार्कले बताउनुभयो । दक्षिण कोरियाले विभिन्न १६ देशबाट वार्षिक एक लाख श्रमिक माग गर्ने गरेको छ । त्यसमध्ये नेपाल पहिलो स्थानमा छ ।
सो अवसरमा कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) का नेपाल प्रमुख कोङ मुहनले नेपालको विकास निर्माणमा कोइकाले गर्दै आएका सहयोगबारे जानकारी गराउनुभयो । कोइकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, उद्यमशीलतालगायत क्षेत्रमा सहयोग गर्दै उहाँले बताउनुभयो ।
कोइकाले गरिबी निवारण, दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्य राखेको छ । कोइकाअन्तर्गतको ‘के हामी’ परियोजनाका अधिकृत दोअ किमले कोरियाबाट फर्केका नेपाली कामदारलाई यहीँ स्वरोजगार बनाउन सञ्चालन गरिएको उद्यमशीलताबारे जानकारी गराउनुभएको थियो । सन् १९९१ मा स्थापना भएको कोइकाले हाल ४७ देशमा विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । नेपाल र गणतन्त्र कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा