
लण्डन । बेलायत निवासी पूर्व गोरखा सैनिक हरि बुढामगरले गिनिज वर्ल्ड रेकर्ड प्रमाण पत्र पाएका छन् ।
उनले बुधबार लण्डनस्थित गिनिज वर्ल्ड रेकर्डको मुख्य कार्यालयबाट सो प्रमाण पत्र प्राप्त गरेको सामाजिक सन्जालमा जानकारी दिएका छन् । उनलाई सो प्रमाणपत्र अर्का गिनिज वर्ल्ड रेकर्डबाहक प्रीत चन्डीले हस्तान्तरण गरेका थिए ।
बुढामगरलाई घुँडाभन्दामाथि गोडा गुमाएका व्यक्तिहरुमा सबैभन्दा पहिले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकोमा दिइएको हो । बुढामगरले गत वर्ष मे १९ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।
आफूले विभिन्न विधामा १० वटा विश्व रेकर्ड कायम गरेको भए पनि एउटा मात्र दाबी गरेको र सो ऐतिहासिक प्रमाणपत्र घरमा राख्दा शोभायमान हुने पनि बुढामगरले बताएका छन् ।
उनले सो प्रमाण पत्रका लागि आफ्नो कन्क्वेरिङ ड्रिम्स एभरेष्ट एक्सपीडिसन यात्रामा सघाउने सबैलाई हकदार मानेका छन् । यो यात्रा सजिलो नभए पनि नत्यागेको र सबैको सहयोगले सफल भएको र सँगै इतिहास निर्माण गर्न सकिएको उनले बताएका छन् ।
रोल्पामा जन्मिएका बुढामगरले बेलायती सैनिकमा कार्यरत रहँदा अफगानिस्तानमा विस्फोटमा परी घुँडाभन्दा माथि दुवै गोडा गुमाउनु परेको थियो ।
बुढामगर अहिले अपाङ्गता भएका मानिसहरुमाथिको समाजको दृष्टिकोण परिवर्तन लगायतका सामाजिक सेवामा सक्रिय छन् ।

बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा