
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेद्वारा बौद्ध धर्मगुरु लोपेन नोर्बुको स्वागत तथा सम्मान गरेको छ ।
मंगलबार ९ अप्रिल बिहान बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङले उनलाई गुम्बामा खदा लगाई स्वागत गरेका हुन् । बीसीसी युकेको निमन्त्रणामा एक बर्षका लागि बेलायत आएका लोपेन नोर्बुले गुम्बामा रहेर भक्तजनहरुको सेवा गर्नेछन् ।
बिशेषरी उनले बौद्ध शिक्षासंग सम्बन्धित विभिन्न बिषयमा अध्यापन, प्रवचन, मेडिटेशन, योगालगायत धार्मिक पूजापाठहरु गर्ने छन् ।
दुई बर्ष अघि पनि बीसीसी युकेको निमन्त्रणामा बेलायत आएका नोर्बु काठमाण्डौं, बौद्धस्थित सेचेन गुम्बाका लोपेन गुरु हुन् ।
उक्त स्वागत कार्यक्रममा बीसीसी युकेका प्रमुख लामा गुरु खेन्पो कर्म छुल्त्रिम, पूर्व अध्यक्ष नरेश गुरुङ, खैबा कर्मलगायत आमाहरुको उपस्थिति रहेको थियो ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा