काठमाडौं । बेलायत पठाइदिने भन्दै ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ बस्दै आएका ३७ वर्षीय केदार चौधरी रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मनोहराबाट सोमबार पक्राउ गरेको हो ।
चौधरीविरुद्ध सुमन राई समेतका ३५ जना व्यक्तिले जाहेरी दिएका थिए । ९ देखि २० लाख रुपैयाँसम्म लिएर चौधरीले ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा जाहेरी परेको थियो ।
आईआरआईएस एक्पर्ट कन्सल्टेन्सीमार्फत वैदेशिक रोजगारीमा पठाउने भन्दै ३५ जनाबाट ६ करोड रुपैयाँ उठाएर ठगी गरेको आरोप उनीमाथि छ । रकम लिएका केही व्यक्तिलाई भने अजरबैजानसम्म पुर्याएर अलपत्र समेत पारेको आरोप उनीमाथि छ ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार