काठमाडौं । बेलायत पठाइदिने भन्दै ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ बस्दै आएका ३७ वर्षीय केदार चौधरी रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मनोहराबाट सोमबार पक्राउ गरेको हो ।
चौधरीविरुद्ध सुमन राई समेतका ३५ जना व्यक्तिले जाहेरी दिएका थिए । ९ देखि २० लाख रुपैयाँसम्म लिएर चौधरीले ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा जाहेरी परेको थियो ।
आईआरआईएस एक्पर्ट कन्सल्टेन्सीमार्फत वैदेशिक रोजगारीमा पठाउने भन्दै ३५ जनाबाट ६ करोड रुपैयाँ उठाएर ठगी गरेको आरोप उनीमाथि छ । रकम लिएका केही व्यक्तिलाई भने अजरबैजानसम्म पुर्याएर अलपत्र समेत पारेको आरोप उनीमाथि छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक