काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा पार्टीको तर्फबाट मिलन लिम्बूलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै पत्रकारितामा आबद्ध रहँदै आउनुभएका लिम्बूलाई उम्मेद्वाार बनाउने निर्णयबारे जानकारी दिएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का महासचिवसमेत रहनुभएका लिम्बूलाई पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनका लागि उम्मेदवारहरुबीच छलफलपछि उम्मेदवार बनाउने निर्णय भएको थियो ।
पार्टीको आज बसेको बैठकले प्रारम्भिक निर्वाचनमा सर्वसम्मतिमा निर्वाचित भई पार्टीका तर्फबाट आसन्न उपनिर्वाचनमा ‘घण्टीवाहक’ उम्मेदवारका रुपमा चयनको निर्णय गरेको पार्टीका केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले जानकारी दिनुभयो ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान