
काठमाडौँ । पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै गएको छ । कुनै देशको सरकारले आवासीय राजदूत नभएका मुलुकका प्रतिष्ठित व्यापारीलाई मनोनित गरेपछि सम्बन्धित देशको सरकारले स्वीकृत दिएपछि अवैतनिक वाणिज्यदूत नियुक्ति हुने प्रावधान छ ।
परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार हाल नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत रहेका छन् । त्यस्तै, विभिन्न ३९ देशका ६० स्थानमा नेपालका अवैतनिक वाणिज्यदूत छन् । द्विपक्षीय सम्बन्ध मजबुत बनाउन मद्दत गर्ने व्यापार, वाणिज्य र लगानी भित्र्याउन योगदान गर्ने, पर्यटन प्रवर्द्धन र निर्यात प्रवर्द्धन गर्नेलगायत उद्देश्यले अवैतनिक वाणिज्यदूत नियुक्त गर्ने गरिएको छ ।
मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईका अनुसार अवैतनिक वाणिज्यदूत भन्नाले कुनै किसिमको पारिश्रमिक नपाउने गरी नियुक्ति हुने वाणिज्यदूत तथा महावाणिज्यदूत हो । अवैतनिक वाणिज्यदूत सम्बन्धी नियमावली, २०३९ अनुसार अवैतनिक वाणिज्यदूत नियुक्ति गर्ने गरिएको छ ।
नेपाल सरकारले नियमावली बमोजिम योग्यता पुगेको व्यक्तिलाई राजदूतको सिफारिसमा अवैतनिक वाणिज्यदूत नियुक्त गर्न सक्ने प्रावधान रहेको उहाँले बताउनुभयो । अवैतनिक वाणिज्यदूतमा नियुक्ति हुने व्यक्तिको योग्यता ३५ वर्ष उमेर पूरा भएको, कुनै व्यापार, व्यवसाय वा पेशामा संलग्न रही स्वीकार गर्ने राज्यमा ख्याति प्राप्त व्यक्तिको हैसियत भएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको हुनुपर्ने नियमावलीमा उल्लेख छ ।
त्यस्तै, नेपालप्रति सद्भाव भएको, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको, नेपालको विदेश नीति, राजनीतिक व्यवस्था, आर्थिक तथा सांस्कृतिक पक्षहरुबारे यथेष्ट जानकारी भएको योग्यता हुनुपर्ने प्रवक्ता राईले जानकारी दिनुभयो ।
अवैतनिक वाणिज्यदूत हुन तोकिएको कन्सुलर कार्य क्षेत्रमा वर्षमा कम्तीमा छ महिना बसोबास गर्न सक्ने, आफ्नै खर्चमा कार्यालय स्थापना र सञ्चालन गर्ने इच्छा र क्षमता भएको व्यक्ति हुनुपर्ने छ ।
अनररी कन्सुलर कर्पस नेपाल (एचसीसीएन) का सहायक डिन तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय अवैतनिक वाणिज्यदूत नियुक्ति लिने खोज्नेको सङ्ख्या बढेको बताउनुभयो । अवैतनिक वाणिज्यदूतको नियुक्तिले व्यावसायिक क्रियाकलाप बढाउन योगदान पुगेको र दूताबास नभएका मुलुकमा कूटनीतिक सम्बन्ध आदानप्रदान गर्न मद्दत पुगेको उहाँले उल्लेख गर्नुभयो । साथै जनस्तरको सम्बन्ध अभिवृद्धि, भिसाको सहजीकरण, कन्सुलर सेवामा समन्वयलगायत सहज भएको अध्यक्ष ढकालको भनाइ छ ।
नियमावली बमोजिम मित्रराष्ट्रहरुमा नेपालको लागि अवैतनिक वाणिज्यदूत नियुक्ति गर्नका लागि सिफारिस भएको व्यक्तिको सम्बन्धमा मन्त्रालयले नेपाल सरकारका सम्बन्धित निकायबाट सुरक्षा पास (सेक्युरिटी क्लियरेन्स) लिनुपर्छ । अवैतनिक वाणिज्यदूतको कार्य अवधि चार वर्षको हुनेछ । तर अवैतनिक वाणिज्यदूतले सन्तोषप्रद काम गरेको छैन भनी राजदूतको सिफारिस प्राप्त भएमा र त्यस्तो वाणिज्यदूतलाई चार वर्षको अवधि पूरा नहुँदै पनि जुनसुकै बखत नेपाल सरकारले हटाउन सक्ने प्रावधान छ ।
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा