
लण्डन । अमेरिकी समाचार संस्था सिएनएनले केही साताअघि रुसी सेनामा करिब १५ हजार नेपाली रहेको समाचार सार्वजनिक गरेको थियो तर बेलायती मिडिया स्काइ न्यूजले आज प्रकाशन गरेको समाचारमा भने करिब दुई हजार नेपाली मात्र रुसी सेनामा रहेको बताइएको छ ।
रसियन सेनाबाट भागेर नेपाल आएकाहरुसितको कुराकानी तथा रसियाको आप्रवासीसम्बन्धी तथ्यांकका आधारमा सो निस्कर्ष निकालिएको स्काइ न्युजको दाबी छ । रसियन सेनामा गएका परिवारहरुको अभियानबाट पनि सो संख्या प्रमाणीकरण गरिएको समाचारमा जनाइएको छ ।
रसियन सेनामा जानेहरुले पर्यटक वा विद्यार्थी भिसा लिने गरेका छन् । सरकारले भने रसियामा अध्ययन गर्न जानका लागि लिनुपर्ने नो अब्जेक्सन लेटर दिन बन्द गरेको छ ।
रसिएन सेनाबाट फर्किएका गणेशसितको कुराकानी अनुसार रसियन सेनामा जानेहरुले दलाललाई १० लाख नेपाली रुपियाँ बुझाउने गरेका छन् । दलालहरुले मासिक १ हजार ६७५ पाउण्ड तलब हुने बताए पनि वास्तविकतामा भने १५० पाउण्डभन्दा कम पाएको गणेशको भनाइ छ ।
रसियन सेनामा भाडाका सिपाहीँलाई सबैभन्दा अग्रपंक्तिमा राखिने र त्यसको पछि पछि रसियन सेना रहने गरेको पनि गणेशले बताएका छन् । विदेशी सैनिकहरुलाई पर्याप्त रासन नदिने, कुट्ने गरिएको उनले बताए ।
नेपाल सरकारले भने हालसम्म २१ जना नेपालीको रसियामा निधन भएको र २४६ जना रसियन सेनामा भर्ती भएको तथ्यांक सार्वजनिक गरेको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक