
काठमाडौँ । नेपालमा सत्तागठबन्धन फेरिएको छ ।
हिजोसम्म नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेपाली कांग्रेस प्रमुख सत्ता साझेदार रहेकोमा आज काँग्रेस सरकारबाट बाहिरिएको छ भने प्रमुख प्रतिपक्षी दल एमाले सरकारमा समावेश भएको छ ।
नयाँ गठबन्धनपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डलको हेरफेर गरेका छन् ।
अहिले उनले तीन सदस्सीय मन्त्रिमण्डल बनाएका छन् ।
नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले आजै पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपतिले नेपालको संविधानका धारा, ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मन्त्रीमा नियुक्त हुनुभएका तीनजनालाई राष्ट्रपति कार्यालय शीलत निवासमा आज आयोजित विशेष समारोहमा सोही संविधानको धारा, ८० अनुसार पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पदम गिरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डोलप्रसाद अर्यालले शपथ लिनुभएको हो । उहाँहरुको कार्यभार तोकिएको छैन ।
राष्ट्रपति कार्यालयका अनुसार उहाँहरुको कार्यभार पछि तोकिनेछ ।
प्रधानमन्त्रीको सिफारिसमा आज गठन भएको मन्त्रिपरिषद् र त्यसको कार्यविभाजनमा सबै मन्त्रालय प्रधानमन्त्री दाहालले राखेका छन् ।
नेपाली काँग्रेसको महासमिति बैठकबाट नै सत्ता साझेदार माओवादी र काँग्रेसबीच मतभेद चर्किँदै गएको थियो । आखिर सो मतभेद समीकरण फेरबदलमा गएर टुंगिएको छ । सत्ता यात्रामा नयाँ दल राष्ट्रिय स्वतन्त्र पाटी पनि सामेल भएको छ ।
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा