
अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो १७औं साधारण सभा म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा गर्ने भएको छ ।
फेब्रुअरी २४ मा टेक्सास राज्यको अस्टिन सहरमा भौतिक रुपमा संघका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा बसेको बैठकबाट यही मे २५-२६, २०२४ मा आफ्नो १७औं साधारण सभा गर्ने निर्णय गरिएको नेजाले जनाएको छ ।
बोस्टनमा हुने सो साधारण सभा नेजाका क्षेत्रीय संयोजक उत्तरपूर्व सुपेन्द्र बस्नेतको संयोजकत्वमा गरिने निर्णय गरिएको नेजाका महासचिव बाबुराम दाहालले जानकारी दिएका छन् ।
यसैगरी, नेजाले प्रवासमा रहेका नेपाली समुदायका आवश्यकतालगायत समसामयिक विषयवस्तुलाई समेटेर डिजिटल माध्यममार्फत आफ्नो समाचार पत्रिका प्रकाशन गर्नेसमेत जनाएको छ । यस्तै, नेपाली समुदायमा मात्र सीमित रहेको नेजालाई उत्तर अमेरिकामा रहेका मूलधारका पत्रकारका संस्थाहरूसँग पनि सहकार्य गरी आफ्नो दायरा फराकिलो बनाउन पहल गर्ने बताइएको छ ।
यस्तै, नेपाल तथा उत्तर अमेरिकामा पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारहरूलाई निर्धारित विषयमा नेजाले अध्येतावृत्ति प्रदान गर्ने भएको छ । यसले स्वदेश एवं विदेशमा रहेर पत्रकारिता गरिरहेका नेपाली पत्रकारलाई हौसला मिल्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित हुन टेवा पुग्ने जनाइएको छ । यसैगरी, नेजाले अमेरिकामा रहेका पत्रकारलाई प्रदान गर्दै आएको ‘नेजा सामुदायिक पत्रकारिता पुरस्कार’लाई पनि निरन्तरता दिने भएको छ ।
यसैगरी, नेपाली समुदायमा रहेका विभिन्न संघ(संस्थाबाट नेजालाई प्रचार(प्रसार तथा समाचार संप्रेषणका लागि अनुरोध आउने बताउँदै समुदायका कार्यक्रम तथा गतिविधिका बारेमा प्राप्त सूचनालाई समाचारको रुपमा तयार पारी आमसञ्चारमाध्यमलाई उपलब्ध गराउने विज्ञप्तिमार्फत जनाइएको छ । यस्तै, समुदायमा हुने गतिविधि एवं कार्यक्रमका बारेमा आवश्यक सूचना नेजाको आधिकारिक इमेल [email protected] मार्फत उपलब्ध गराउन सकिने समेत उल्लेख गरिएको छ ।
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र