
लण्डन । कोभिड र युक्रेन युद्धपछि बेलायतमा आकाशिएको घरायसी काममा खपत हुने उर्जाको मूल्यमा अप्रिलदेखि केही गिरावट आउने भएको छ ।
बेलायतको उर्जासम्बन्धी नियामक निकाय अफजेमले अप्रिल १ देखि हरेक घरले तिर्ने उर्जावापतको शुल्कमा मासिक करिब २० पाउण्ड कम्ती हुने बताएको छ ।
अफजेमले अहिले वार्षिक १ हजार ९२८ उर्जाको मूल्य तोकेकोमा अब त्यसमा १२ प्रतिशतले घटाई १ हजार ६९० पाउण्ड बनाएको छ ।
पेट्रोलियम पदार्थको थोक मूल्यमा आएको कमी र जाडो याममा उर्जाको खपत धेरै नभएका कारण मूल्य कम गरिएको बताइएको छ । यद्यपि बेलायतमा उर्जा संकट आउनु अघिको मूल्य भन्दा करिब दोब्बर मूल्य उपभोक्ताले तिरिरहनु परेको छ ।
उर्जाको मूल्य अझै कम हुनसक्ने भए पनि अफजेमले उर्जा प्रदायक कम्पनीहरुको बक्यौता धेरै भएकाले त्यसलाई परिपूर्ति गर्न केही बढी मूल्य कायम गरेको जनाएको छ । जसवापत उर्जा कम्पनीहरुले बजार मूल्यभन्दा करिब मासिक साढे २ पाउण्ड बढी उपभोक्ताबाट उठाउने छन् । बेलायतमा उर्जा संकटसँगै दर्जनौँ उर्जा प्रदायक कम्पनी बन्द भएका थिए ।
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार