
बैङ्कक । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गर्ने तयारी गरिएको न्याय मन्त्री तावी सोड्सोङले मङ्गलबार बताउनु भएको छ ।
मन्त्रीमण्डलको बैठकमा भाग लिनुअघि तावीले पत्रकारहरूसंग थाक्सिन यस महिना जेलबाट छुटकारा पाउनका लागि स्वीकृत ९ सय ३० कैदीहरूमध्ये एक भएको बताउनु भएको छ । ७४ बर्वाीय थाक्सिन ७० वर्षभन्दा माथिको तथा गम्भीर रोगको बिरामी भएका कारण जेल छुट्नका लागि सूचीवद्ध भएका उहाँको भनाइ छ ।
करिव छ महिना जेल सजाय भोगसकेका थाक्सिन फेब्रवरी १७ मा रिहा हुने अपेक्षा गरिएको छ ।
थाक्सिन १५ वर्षभन्दा बढीको निर्वासन समाप्त गरेर गत वर्ष अगस्टमा थाइल्यान्ड फर्किनु भएको थियो । उहाँलाई हिरासतमा राखेर विभिन्न अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि, अस्स्थताका कारण उहाँलाई छोटो समयमै बैङ्ककको जेलबाट अस्पतालमा सारेदेखि अस्पतालमा नै रहेको बताइएको छ ।
गत सेप्टेम्बरमा, थाई राजा महा भाजिरालोङ्र्नबाट उनलाई एक वर्ष सजायँ माफी गरिएको थियो ।
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता