
न्यूयोर्क । न्यूयोर्कको अदालतले अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्तिवापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ ।
क्यारोलले मानहानिको लागि क्षतिपूर्ति स्वरूप एक करोड डलरभन्दा बढी माग गर्नुभएको छ ।
फैसलालगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा फैसलालाई ‘हास्यास्पद’ भन्दै अपिल गर्ने उहाँले बताउनुभएको छ ।
तीन घण्टाभन्दा केही कम समयको सुनुवाईपछि अदालतले आफ्नो निर्णय सुनाएको हो ।
यस मुद्दामा शुरूमा अदालतमा उपस्थित हुनुभएका ट्रम्पले बीचमा मुद्दाबारे आक्रामक धारणा सार्वजनिक गर्नभएको थियो तर पछि अन्तिम बहसको लागि अदालती सुनुवाईमा सहभागी हुनुभएको थियो । क्षतिपूर्ति र दण्डात्मक क्षतिको स्तर अदालतका क्लर्कले पढ्दा उहाँ अदालतभन्दा बाहिर (अन्यत्रै) हुनुहुन्थ्यो ।
क्यारोलले भन्नुभएको छ, “यो हरेक महिलाका लागि ठूलो जित हो, जो आफूमाथि आक्रमण भएका समय उठ्नलाई हौसला हुनेछ । महिलालाई तल झार्ने कोसिस गर्ने हरेक धम्कीविरूद्धको यो ठूलो हार हो ।”
न्यायाधीशले आफ्नो गोपनीयताको रक्षा गर्न प्रोत्साहित गरेपछि नौ जना पुरुष र महिलाहरू अदालतबाट बाहिर निस्कँदा एक न्यायाधीश क्यारोललाई हेरी मुस्कुराएका देखिएको थियो ।
“के तपाईंले ध्यान दिनुभयो, यो मेरो लागि प्रष्ट छ,” न्यायाधीश लुइस कपलानले फैसला सुनाउँदै भन्नुभयो ।
ट्रम्पले क्यारोलको बारेमा सार्वजनिक टिप्पणीमा दुर्भावनापूर्ण कार्य गरेको क्षतिपूर्तिस्वरूप ७३ लाख डलर र प्रतिष्ठामाथिको क्षतिका लागि एक करोड १० लाख ठलर र दण्डात्मक क्षतिपूर्तिको रूपमा छ करोड ५० लाख डलर जरिवाना तोकेको छ ।
युनिभर्सिटी अफ रिचमन्ड स्कुल अफ लका प्राध्यापक कार्ल टोबियासले फैसलाबारे टिप्पणी गर्दै भन्नुभयो, “म यो पुरस्कारबाट आश्चर्यचकित भएको छैन किनभने सुनुवाईका क्रममा उहाँको गम्भीर दुव्र्यवहारले न्यायाधीशलाई विमुख बनाएको हुनसक्छ ।”
टोबियासले भन्नुभयो, “ट्रम्प अपीलमा विजयी हुने सम्भावना छैन, किनकि न्यायाधीशहरूले कपलानलाई ठूलो सम्मान गर्छन्, उहाँ धेरै अनुभवी संघीय न्यायविद् हुनुहुन्छ ।”
न्यूयोर्कको एउटा छुट्टै संघीय देवानी मुद्दामा क्यारोलमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा जुरीले दोषी ठहर गरेका ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्मको प्रयोग गरेर क्यारोल, सुनुवाई र न्यायाधीशमाथि आक्रमण गर्ने अपमानजनक सन्देशहरूको बाढी ल्याउनुभएको थियो ।
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन