
जयपुर (भारत) । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई बिहीबार भारतमा हात्तीको स्वागत परेडका साथ रातो कार्पेटले स्वागत गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ १९औँ शताब्दीका जयपुरमा महाराजाको दरबारमा म्याक्रोनका लागि रात्रिभोजको आयोजना गर्नुहुनेछ र शुक्रबार उहाँ ट्याङ्क, ऊँट घोडचढी र लडाकू जेट फ्लाई पास्टसहित रङ्गीन सैन्य मार्चपासमा प्रमुख अतिथि हुनुहुनेछ ।
भारतको विदेश मन्त्रालयले नयाँदिल्ली र पेरिस ‘रणनीतिक साझेदार’ भएको बताएको छ भने फ्रान्सेली राष्ट्रपतिले आफ्नो भ्रमणले ‘कूटनीतिक र आर्थिक सम्बन्धलाई सुदृढ र गहिरो बनाउने’ बताउनुभयो ।
भारतीय रक्षा मन्त्रालयले अर्बौं डलरको सम्झौतामा फ्रान्समा निर्मित राफेल लडाकू जेट र स्कर्पेन श्रेणीका पनडुब्बीहरू खरिद गरेपछि फ्रान्सले आफ्नो सैन्य सम्झौतामा निर्माण गर्ने अपेक्षा गरेको छ ।
भारतीय मिडियाका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनलाई गरिएको निमन्त्रणा स्वीकार गर्न असमर्थ भएपछि आउनुभएका म्याक्रोनले फ्रान्सले छ वटा इपिआर आणविक रिएक्टर बिक्री गर्न सक्ने अपेक्षा गर्नुभएको छ ।
गलामा फूलको माला पहिरिनुभएका म्याक्रोनले राजस्थानको जयपुरमा उत्रिएपछि दुवै मुलुकको झन्डा फहराउँदै गरेका स्कुलका छात्रछात्राहरूसँग हात मिलाउनुभयो । “फ्रान्समा धेरैभन्दा धेरै भारतीय विद्यार्थीहरू आउन् भन्ने हामी चाहन्छौँ”, उहाँले भन्नुभयो ।
मोदी गत जुलाईमा फ्रान्सको वार्षिक बास्टिल दिवस समारोहमा सम्मानित अतिथि हुनुहुन्थ्यो र म्याक्रोनले पनि यस्तै प्रकारले उहाँको स्वागत गर्नुभएको थियो ।
पेरिस र नयाँदिल्ली अन्तरिक्ष तथा उपग्रह प्रविधिमा सहकार्य गर्दछन् र फ्रान्सेली प्रतिनिधिमण्डलमा अन्तरिक्ष यात्री थोमस पेस्केट सहभागी हुनुहुन्छ । यस भ्रमणमा जुयपुरको १८औँ शताब्दीको जन्तरमन्तर खगोलीय अवलोकन स्थलमा जाने पनि कार्यक्रम छ ।
म्याक्रोनले शुक्रबार भारतको संविधानको ७५औँ वार्षिक दिवस तथा गणतन्त्र दिवसको अवसरमा नयाँदिल्लीमा सैन्य परेड अवलोकन गर्नुहुनेछ । सन् २०२३ मा भारतीय सैनिकहरूले पेरिसको सडकहरूमा मार्च गरेजस्तै फ्रान्समा निर्मित जेटहरू आकाशमा गर्जने क्रममा फ्रान्सेली टुकडी पनि उक्त सैन्य प्रदर्शनमा सहभागी हुनेछ ।
भ्रमणअघि फ्रान्सेली राष्ट्रपतिले भन्नुभएको थियो, “भारत अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामा योगदान गर्ने प्रमुख साझेदार हो ।”
गत वर्ष म्याक्रोनले छिमेकी मुलुक बङ्गलादेश तथा श्रीलङ्काको भ्रमण गर्नुभयो र फ्रान्सलाई व्यापक एसिया–प्रशान्त क्षेत्रमा ‘पुनः प्रतिबद्ध’ गर्ने उद्देश्यले प्रशान्त भ्रमण पनि गर्नुभयो । फ्रान्सेली राष्ट्रपति अन्तिम पटक सेप्टेम्बरमा जी२० शिखर सम्मेलनका लागि भारत आउनुभएको थियो ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो