
वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली उद्यमी डा समीर मास्केले स्थापना गर्नुभएको कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको प्रतिष्ठित स्टक एक्सचेञ्ज ‘नास्डक’मा सूचीकृत हुने भएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सँग सम्बन्धित काम गर्दै आएको कम्पनी फ्युजमेसिन्स र सिएसएलएम एक्विजिसन कर्पबीच नास्डकमा सूचीकृत हुने गरी मर्जर सम्झौता भएको कम्पनीको भनाइ छ । मर्जरपछि कम्पनीको दुई सय मिलियन डलर बराबरको हुने अपेक्षा गरिएको छ ।
कम्पनीका संस्थापकसमेत रहनुभएका प्रमुख कार्यकारी अधिकृत डा मास्केका अनुसार उक्त कम्पनीसँगको सहकार्यपछि कम्पनी ‘फ्युज’ नामबाट नास्डाकमा सूचीकृत हुनेछ । यो प्रक्रिया सन् २०२४ को दोस्रो त्रैमासिकसम्म पूरा हुनेछ । हाल उक्त सम्झौतालाई दुवै कम्पनीको सञ्चालक समितिले सर्वसम्मतिले पारित गरिसकेको छ भने अब शेयरधनीहरुको स्वीकृति र आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि कम्पनी नास्डाकमा सूचीकृत हुनेछ ।
अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा सहप्राध्यापक समेत रहनुभएका डा मास्केले सन् २०१३ मा फ्युजमेसिन्स कम्पनी स्थापना गर्नुभएको थियो । हाल फ्युजमेसिन्स कम्पनीले नेपाल, अमेरिका र क्यानाडाका विभिन्न कम्पनी तथा संस्थासँग काम गरिरहेको छ । कम्पनीमा कार्यरत चार सय ५० जना कर्मचारीमध्ये ३५० जना नेपालबाट काम गरिरहेको उहाँले बताउनुभयो ।
डा मास्केले रासससँग भन्नुभयो, “कम्पनीको संस्थापकका रुपमा विश्वको प्रमुख वित्तीय साधन परिचालन गर्ने निकाय नास्डाकमा सूचीकृत भएर कारोबार गर्न पाउनु कम्पनीका लागि कोसेढुङ्गा नै हो । यसबाट कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा ठूलो फड्को मार्ने आशा गरेको छु ।”
सम्झौताअनुसार सीएलएलएममा आवद्ध भएकाहरुले पाइप फाइनान्सिङ र प्रिक्लोजिङ फाइनान्सिङ गरी मिश्रित ढङ्गले फ्युजमेसिन्समा १९ दशमलव ४४ मिलियन डलरसम्म लगानीको प्रतिवद्धता जनाएका छन् । यो रकम कम्पानीको चालु पुँजीको आवश्यकता पूरा गर्न खर्च गरिने कम्पनीको भनाइ छ ।
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन