
काजाब्लांका क्यासेल्लो । तमु धिँ बेल्जियमद्वारा आयोजित २६०८ औं तमु ल्होछार कार्यक्रम लुभेनमा सम्पन्न भएको छ ।
विहीबार आयोजित तमु ल्होछार गरुड वर्ग कार्यक्रममा प्रमुख अतिथि बेनेलक्स र युरोपियन युनियनका लागि राजदुत गेहेन्द्र राजभण्डारीले गुरुङ तमु समुदायको महान चाड ल्होछार नेपालको सम्पदा भएको उल्लेख गर्दै सबैलाई ल्होछारको शुभकामना दिनुभयो ।
कार्यक्रममा विशेष अतिथिद्वय एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा, नेपाल आदिबासी जनजाति महासंघ बेल्जियम अध्यक्ष बिरमान मगर, नेकपा विप्लब युरोप अध्यक्ष बिष्णु भुजेल, नेकपा एमाले बेल्जियम अध्यक्ष चन्द्रकुमारी गुरुङ (ईशा), नेकपा माओवादी बेल्जियम अध्यक्ष प्रकाश पौडेल, जनसम्पर्क समिति बेल्जियम सभापति सुबास गुरुङ,संघीय समाज बेल्जियम अध्यक्ष नेत्र मगरले पनि शुभकामना दिएका थिए ।
तमु ल्होछार गरुड वर्ग कार्यक्रममा शेर्पा समाज बेल्जियम अध्यक्ष पेम्बा शेर्पा, विश्व मगर संघ बेल्जियम अध्यक्ष लोक रानामगर, आदिबासी जनजाति महासंघ बेल्जियम संस्थापक अध्यक्ष तथा समाजवादी पार्टी केन्द्रीय सदस्य पीजी शेर्पा, तामाङ समाज बेल्जियम अध्यक्ष राम लामा, किरात राई सोसाईटी बेल्जियम अध्यक्ष इन्दिरा चाम्लिङ, इन्द्र धनुष क्लब अध्यक्ष मिङ गुरुङ, युरोनेपाल कलाकार संघ अध्यक्ष बलराम पुन लगायतले शुभकामना दिएका थिए ।
तमुधीँ बेल्जियम अध्यक्ष संगीता गुरुङको सभापतित्वमा आयोजित कार्यक्रमको संचालन निबर्तमान अध्यक्ष प्रबिना गुरुङ्ले गरेकी थिइन् । दोश्रो चरणको साँस्कृतिक कार्यक्रमको संचालन तमुस्यो नानी संगीता र गजेन्द्र गुरुङले गरेका थिए। कार्यक्रममा चर्चित कलाकार लाहुरे कान्छा,काजा गुरुङले व्यापक प्रस्तुति दिएर दर्शकदीर्घालाई भरपूर मनोरन्जन दिएका थिए ।

राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र