
ब्रसेल्स । युरोप भ्रमणमा रहनुभएकी खोटाङ हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख बिमला राई र बेनेलक्स (बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्ग) तथा युरोपियन युनियनका लागि राजदुत गेहेन्द्र राजभण्डारीबीच भेटघाट भएको छ ।
नेपाली दुतावासको कार्यालय ब्रसेल्समा यसैसाता भएको सो छलफलमा मेयर राईले ब्रसेल्स, बेनेलक्स तथा सिंगो युरोपमा नेपालीहरुको बसोबासको अवस्था उनीहरूका समस्या र समाधानका उपाय साथै अन्य विविध विषयमा राजदुत राजभण्डारीसंग जिज्ञासा राख्नु भएको थियो ।
आफू मेयर रहेको नगरपालिका र ब्रसेल्स वरपरका नगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाका बारेमा समेत उहाँले कुरा राख्नुभएको थियो ।
डेनिस सोसियल डेमोक्रेटिक पार्टीको औपचारिक निमन्त्रणामा डेनमार्क आउनु भएकी मेयर राईले डेनमार्क ज्ञान निर्माण तथा प्रविधि नवप्रवर्तनमा धेरै अगाडी रहेको त्यहाँको काउन्सिलका सदस्यहरु पनि यस अघि वार्ता भएको बताउनु भएको थियो ।
सप्ताहव्यापी भ्रमणको क्रममा उहाँले सो पार्टीको संसदीय दलको कार्यालय, संसद हाउस कोपेनहेगनमा महत्वपूर्ण भेटघाट गर्नुभएको थियो । उहाँलाई पार्टीको सिद्धान्त, विचार, व्यवस्था तथा नीति निर्माण प्रकृयाका बारेमा जानकारी दिइएको थियो ।
युरोप भ्रमण टोलीमा मेयर राई, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य बिकल राई, नेपाल आदिवासी जनजाति प्रजातान्त्रिक संघका अध्यक्ष ओम घर्ती मगरलगायतले डेनमार्क, नेदरल्याण्ड, युरोपको राजधानीको रुपमा परिचित ब्रसेल्स बेल्जियम, जर्मनी र फ्रान्सको विभिन्न शहरहरूको भ्रमण र अवलोकन गर्नु भएको थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?