
ब्रसेल्स । युरोप भ्रमणमा रहनुभएकी खोटाङ हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख बिमला राई र बेनेलक्स (बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्ग) तथा युरोपियन युनियनका लागि राजदुत गेहेन्द्र राजभण्डारीबीच भेटघाट भएको छ ।
नेपाली दुतावासको कार्यालय ब्रसेल्समा यसैसाता भएको सो छलफलमा मेयर राईले ब्रसेल्स, बेनेलक्स तथा सिंगो युरोपमा नेपालीहरुको बसोबासको अवस्था उनीहरूका समस्या र समाधानका उपाय साथै अन्य विविध विषयमा राजदुत राजभण्डारीसंग जिज्ञासा राख्नु भएको थियो ।
आफू मेयर रहेको नगरपालिका र ब्रसेल्स वरपरका नगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाका बारेमा समेत उहाँले कुरा राख्नुभएको थियो ।
डेनिस सोसियल डेमोक्रेटिक पार्टीको औपचारिक निमन्त्रणामा डेनमार्क आउनु भएकी मेयर राईले डेनमार्क ज्ञान निर्माण तथा प्रविधि नवप्रवर्तनमा धेरै अगाडी रहेको त्यहाँको काउन्सिलका सदस्यहरु पनि यस अघि वार्ता भएको बताउनु भएको थियो ।
सप्ताहव्यापी भ्रमणको क्रममा उहाँले सो पार्टीको संसदीय दलको कार्यालय, संसद हाउस कोपेनहेगनमा महत्वपूर्ण भेटघाट गर्नुभएको थियो । उहाँलाई पार्टीको सिद्धान्त, विचार, व्यवस्था तथा नीति निर्माण प्रकृयाका बारेमा जानकारी दिइएको थियो ।
युरोप भ्रमण टोलीमा मेयर राई, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य बिकल राई, नेपाल आदिवासी जनजाति प्रजातान्त्रिक संघका अध्यक्ष ओम घर्ती मगरलगायतले डेनमार्क, नेदरल्याण्ड, युरोपको राजधानीको रुपमा परिचित ब्रसेल्स बेल्जियम, जर्मनी र फ्रान्सको विभिन्न शहरहरूको भ्रमण र अवलोकन गर्नु भएको थियो ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता