
रोम । चीनको बेल्ट एण्ड रोड पूर्वाधार परियोजनाबाट इटाली औपचारिक रूपमा पछि हटेको छ ।
इटालियन पत्रिका ‘कोरिएरे डेला सेरा’का अनुसार लामो समयदेखि अपेक्षित बेल्ट एण्ड रोड पूर्वाधार परियोजनासम्बन्धी निर्णयबारे तीन दिनअघि बेइजिङलाई जानकारी गराइएको थियो ।
इटालियन सरकारी स्रोतले एएफपीसँग भन्यो, “रोमले ‘राजनीतिक संवादका च्यानलहरू खुला राख्ने’ तरिकाले यस्तो गरिएको हो भन्ने बाहेक विस्तृत विवरण नदिइकन पछि हटेको पुष्टि गरिएको छ ।
गत वर्ष सत्तामा आउनुअघि प्रधानमन्त्री जर्जिया मेलोनीले अघिल्लो सरकारले सन् २०१९ मा परियोजनामा सामेल हुने निर्णय ‘गम्भीर गल्ती’ भएको बताउनुभएको थियो ।
आलोचकहरूले ट्रिलियन डलरको लगानी योजनालाई राजनीतिक प्रभाव किन्ने उद्देश्यले गरिएको शिकारी ‘ट्रोजन हर्स’ को रूपमा उल्लेख गरेका छन् ।
इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले गत सेप्टेम्बरमा भन्नुभएको थियो, “सदस्यताले हामीले अपेक्षा गरेअनुसारको परिणाम दिन सकेको छैन ।”
इटालीले यस वर्षको अन्त्यसम्ममा बहिर्गमन नगरेसम्म यो सम्झौता मार्च २०२४ मा स्वतः नवीकरण हुने थियो ।
तर रोमले बेइजिङलाई उक्साउने र इटालियाली कम्पनीहरूविरुद्ध प्रतिशोधको जोखिम मोल्न सचेत रहँदै आएको छ ।
मेलोनीले सेप्टेम्बरमा दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै रोमले चीनसँगको सम्बन्धमा कुनै सम्झौता नगरी यो परियोजना छोड्नसक्ने बताउनुभएको थियो ।
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
नेपाली कांग्रेसका दुई महामन्त्री थापा र शर्मालगायतमाथि कारबाही
चलचित्र वितरक रोहित कसरी ‘मिरमिरे’मा लगानीकर्ता बन्नुभयो ?
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय