
ब्रसेल्स । युरोपेली सङ्घ (इयु)ले युक्रेनका शरणार्थीलाई इयु मुलुकमा सन् २०२५ को मार्चसम्म बस्न पाउने अधिकार सुनिश्चित गरेको छ ।
आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेपछि पलायन भएका उनीहरूलाई सदस्य मुलुकमा आवासको अधिकार दिइएको हो । यो व्यवस्थाले करिब चार लाख युक्रेनी शरणार्थीलाई युरोप बसाई सहज भएको छ ।
इयुले युक्रेनी जनतालाई सहयोग गर्ने स्पेनी गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले बताउनुभएको छ । स्पेन इयुको वर्तमान अध्यक्ष हो । इयुको अध्यक्षता चक्रीय प्रणालीअनुसार सञ्चालन हुने गरेको छ ।
मस्कोले युक्रेनभरका भौतिक पूर्वाधारमा आक्रमण गर्न थालेपछि पश्चिमा समर्थक तथा छिमेकी रुसविरुद्ध कठोर भएका छन्भने मस्को पनि यी क्रुद्ध भएको छ । गत वर्ष लाखौं युक्रेनी शरण खोज्न युरोप पसेपछि त्यसले दोस्रो विश्वयुद्धपछि फेरि युरोपमा शरणार्थी सङ्कट बढाएको सङ्केत गरेको थियो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी